नेपाली भाषिक रूपको विश्लेषण

Authors

  • दावा शेर्पा Mahendra Ratna Campus

DOI:

https://doi.org/10.3126/sotang.v3i3.53822

Keywords:

शब्दकुञ्जी ः मुक्त रूप, बद्घ रूप, कोशीय रूप, व्याकरणिक रूप, रिक्त रूप, शून्य रूप ।

Abstract

लेखसार

यो लेख उद्देश्यमूलक रूपमा गुणात्मक विधिको उपयोग गरी द्वितीय स्रोतका सामग्रीहरू सङ्कलन गरी नेपाली भाषिक रूपको व्याख्या विश्लेषण गरिएको छ । नेपाली भाषिक शब्दनिर्माणमा प्रयुक्त हुने उपसर्ग, मध्यसर्ग, परसर्ग, व्युत्पादन, रूपायन र व्याकरणिक पक्षमा सहभागी हुने लघुतम   अर्थयुक्त सार्थक एकाइहरू रूप हुन् । रूप मुक्त र बद्घ गरी दुई प्रकारका छन्, जस्तै ः रामले रावणलाई मा¥यो भन्ने वाक्यमा ‘रामले’, ‘रावणलाई’ ‘मा¥यो’ वाक्यका तीनवटा रूपमा ‘राम’, ‘रावण’, ‘मार’्, मुक्त रूप र ‘ले’, ‘लाई’, ‘यो’ बद्घ रूप हुन् । रूप शब्दभन्दा तल्लो वा सबैभन्दा तल्लो भाषिक एकाइ हो । अफ्रिकीमा बोलिने साहिली भाषाको रूप ९ल्ष्तबपगउभलमब० ‘निताकुपेन्डा’को अर्थ ‘म तिमीलाई माया गर्छु’ एउटै रूपका शब्द हुन् तर अङ्ग्रेजीमा यस रूपको ९लष् ˗तब   ˗पग ˗उभलमब० अर्थ ९क्ष्   धष्िि थयग यिखभ० भई चारवटा रूप भएका छन् । रूपविज्ञानलाई अङ्ग्रेजीमा मार्फोलोजी ९ःयचउजययिनथ० भनिन्छ । यो शब्द मार्फ ९ःयचउज० र ९ीयनयक० ग्रीक भाषाका दुई शब्दबाट निर्माण भएको हो । पाणिनिले पदलाई ‘सुबन्त र तिङन्त’ गरी दुई भागमा विभाजन गरेका छन् । शब्दका रूपायक प्रत्ययलाई ‘सुप्’ र धातुमा जोडिने प्रत्ययलाई ‘तिङ्’ विभक्तिले चिनिन्छ । रूपविश्लेषण (क) एकाइ र समायोजन (ख) एकाइ र पक्रिया (ग) शब्द र रूपावली पद्घतिको आभारमा गरिन्छ । यस लेखमा भाषिक शब्द संरचनामा प्रयुक्त हुने लघुतम सार्थक एकाइका रूपहरूमा मुक्त, बद्घ, कोशीय, व्याकरणिक, रिक्त र शून्य रूपका प्रकारहरू व्याख्या विश्लेषण गरी देखाइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
124
PDF
122

Downloads

Published

2021-12-31

How to Cite

शेर्पा द. (2021). नेपाली भाषिक रूपको विश्लेषण. Sotang, Yearly Peer Reviewed Journal, 3(3), 16–22. https://doi.org/10.3126/sotang.v3i3.53822

Issue

Section

Articles