वैदिक संस्कृतमा भाषिक चिन्तन {Linguistic Thought in Vedic Sanskrit}
DOI:
https://doi.org/10.3126/sotang.v2i1.47600Keywords:
वैदिक, लौकिक, वेद, उपनिषद, निघण्टु, प्रतिशाख्य, ब्रह्मण, वाक्, वाङ्मयAbstract
भाषा मानवीय सम्प्रेषणको सशक्त माध्यम हो । भाषाको इतिहास मानव सभ्यताको विकास कालदेखि नै देखापर्छ । संस्कृत भाषा विश्वकै सबभन्दा पुरानो भाषा हो । भाषिक चिन्तनको सुरूवात भने घेरै पछि मात्र भएको पाइन्छ । प्रस्तुत अध्ययन भषिक चिन्तनको सुरूवात, वैदिक र लौकिक संस्कृतमा भाषिक चिन्तनका विषयमा केन्द्रित छ । अतः वैदिक साहित्यमा भाषिक चिन्तनको खोजी गर्नु यस अध्ययनको उद्देश्य हो । पुस्तकालयीय अध्ययनबाट प्राथमिक र द्घितीयक स्रोतका सामग्री सङ्कलन गरी अध्ययन, विश्लेषण, तुलना र मूल्याङ्कनका साथ भाषिक चिन्तनको खोजी गरिएको छ । यस अध्ययनमा वैदिक सभ्यता, वेदमा भाषिक चिन्तन, ब्राह्मण, उपनिषद, निघण्टु, निरूक्त, शिक्षा प्रतिशाख्यहरूमा भाषा सम्बन्धी धारणा र व्याकरणिक पक्षको व्यापकताको चर्चा गरिएको छ । मानव समाजको अस्तित्वदेखि नै भाषाको प्रयोग भए तापनि संस्कृत भाषिक चिन्तन भने इ. पू १५०० तिर देखि विकसित हुदै आएको देखिन्छ । प्रस्तुत अध्ययन मूलतः वैदिक र लौकिक वाङ्मयमा भाषिक चिन्तन के कस्तो छ ? भन्ने प्राज्ञिक जिज्ञासामा केन्द्रित छ । गुणात्मक विधिमा आधारित यस अध्ययन वैदिक र लौकिक वाङ्मयका सबै मूल कृति प्राप्त नभए पनि तिनलाई आधार मानेर रचिएका सन्दर्भ ग्रन्थ, लेख, अध्ययन वाट तयार परिएको छ । यस अध्ययनलाई पुस्तकालयीय सामग्रीको अध्ययन तथा विश्लेषणबाट सम्पन्न गरिएको छ ।