गद्यकवितामा लयविधान {Rhythm in Prose Poetry}

Authors

  • सन्तोष Santosh कार्की Karki Government of Nepal

DOI:

https://doi.org/10.3126/sotang.v2i1.47599

Keywords:

गद्यकविता, यति, लय र सङ्गित

Abstract

कवितालाई अन्य विधाबाट छुट्याउने आधार लय हो । यो कविताको आधारभूत तत्व पनि हो तर लय बिना कविता नै हुँदैन भन्ने चाँहि हुँदैन । पद्यकविता सामान्यत श्रुतिमधुरता र गेयात्मक हुने भएकाले यो लयात्मक हुन्छ । गद्यकवितामा ध्वनि, शब्द, पदावली, उपवाक्य, वाक्यहरूको पुनरावृत्ति, वाक्य ढाँचा, पङ्क्ति विन्यास, समानान्तरता वा आवृत्ति, विचलन, शब्दहरूको वैपरित्व, लेख्य चिह्नहरूको प्रयोग, अनुप्रास, सम्बोधक शब्दहरूको प्रयोग, विशिष्ट ध्वन्यात्मक शब्द, बिम्ब प्रतीक र अलङ्कार आदिले लय सिर्जना गर्दछ । गद्यकवितामा मुक्त लयको प्रयोग गरिन्छ । यसमा पनि लयात्मक, प्रवाहात्मक, सङ्गीतात्मकताजस्ता गुण रहेको हुन्छ । मुक्त लयमा पद्यमा जस्तो सोभैm लय देखिदैन तर त्यसको अन्तरवस्तु केलाउने हो भने एक प्रकारको मुक्त लय रहेको हुन्छ । पङ्क्ति विन्यासमा शब्ददेखि वाक्यसम्मका भाषिक एकाइहरू (न्यूनतमदेखि अधिकतम शब्दहरूको विवरण) असमान, अनियमित र विविध रूपमा आएका हुन्छन् । यस्ता पङ्क्तिहरूले कवितामा यति, गति र लयलाई विशिष्ट तुल्याउँछन् । जति बढी भाषिक एकाइहरूको पुनरावृत्ति हुन्छ, त्यति नै यति, गति र लयको स्थान उच्च बन्न जान्छ । त्यसैलै आवृत्ति हुँदा एक प्रकारको मुक्त लयको सिर्जना हुन्छ । गद्यकवितामा सीमित अनुपासको प्रयोग पाइन्छ । यसमा आद्यानुप्रास, मध्यानुप्रास र अन्त्यानुप्रासको प्रयोगले लय सिर्जना हुन्छ । पङ्क्तिहरूको सुरूमा, पङ्क्तिको बिचमा र पङ्क्तिको अन्त्यमा हुने अनुप्रास नै क्रमशः आद्यानुप्रास, मध्यानुप्रास र अन्त्यानुप्रास हो । यसैबाट गद्यकवितामा लयको निर्माण हुन्छ । गद्यकवितामा विभिन्न किसिमका लेख्यचिह्नहरूको प्रयोग गरिन्छ । यसले कविताको गति, यति, भाव र लयलाई व्यवस्थित बनाउँछ ।

Downloads

Download data is not yet available.
Abstract
46
PDF
46

Downloads

Published

2020-12-31

How to Cite

कार्की Karki स. S. (2020). गद्यकवितामा लयविधान {Rhythm in Prose Poetry}. Sotang, Yearly Peer Reviewed Journal, 2(1), 74–84. https://doi.org/10.3126/sotang.v2i1.47599

Issue

Section

Articles