अन्धवेग नाटकको तत्वपरक विश्लेषण {A metaphysical analysis of Andhavega drama}
DOI:
https://doi.org/10.3126/sotang.v2i1.47594Keywords:
विशेष शब्द — पात्र, खेल, चिन्तित, नायक, कार्यव्यापार, वातावरण, सेरोफेरो, मञ्चनAbstract
अन्धवेग नाटक नाट्यसम्राट समको एक सशक्त नाटक हो । यस नाटकमा राणाकालीन समाजको एक सम्भ्रान्त परिवारको कथावस्तु समेटिएको छ । यस नाटकका नायक गरुढध्वजको अवस्थाको चर्चा गरिएको छ । गरुढध्वज सम्भ्रान्त परिवारका पात्र भए तापनि साधारण मानिस जस्तै छन् भने उनकी श्रीमती पम्फा आधुनिक प्रवृŒिाकी छिन् । उनको लवाइ आधुनिक ढङ्ग ढाँचाको छ । टिम्के चोली लगाउन मन पराउने उनलाई दर्जीले सनाइको खोलजस्तै चोली सिलाइ दिएकोमा ज्यादै नै रिसाउछिन् र नोकरलाई त्यो चोली दमाइ कहाँ पु¥याउन पठाउँछिन् । यस अवस्थाले उनी आधुनिक भएको देखिन्छ । त्यस घरमा गरुढध्वजका फुपू र उनका छोरा जयवीर तीर्थबाट लामो समयपछि आइपुग्छन् र उनीहरूलाई राम्रोसँग स्वागत सत्कार गरिएकोछ । जयवीरको खाइलाग्दो शारीरिक बनोटबाट पम्फा आकर्षित हुन्छिन् । उता जयवीरको विवाहवारी गर्ने कुरा चलेको हुन्छ तर उनी केटीको चरित्र ठिक नभएको बहाना बनाएर विवाह गर्दैनन् । अर्कोतिर जयवीरको विवाहप्रसँगले पम्फा चिन्तित भएकी छिन् । यस अवस्थासम्ममा उनीहरू धेरै नै नजिकी सकेका हुन्छन् । पम्फा अन्धो कामवासनाका कारण आफ्नै छोरा छोरी र श्रीमान् समेत पनि बाझिलो भएको अनुभव गरेकी छिन् । एकान्तको खोजीको क्रममा उनीहरू पशुपति जाने योजना बनाउँछन् । त्यहाँ आफ्नो कामवासना पूरा गराउन पम्फा हुन्छे तर यमदूत जस्तै गरी गरुढध्वज उपस्थित हुन्छन् । उनले जयवीरलाई मारेर पम्फालाई त्यहीँसँग सति जा भनी आफ्नो घर फर्कन्छन् । घरमा आफ्ना छोरा छोरीलाई अन्तिम पटक माया गरेर बिष सेवन गरी आत्महत्या गर्दछन् । पम्फा पनि घर पुग्छिन् र उनी संयोगले घरको कठबारबाट लडेर मर्दछिन् त्यसपछि नाटकको अन्त्य हुन्छ ।