’मुनामदन’ खण्डकाव्यको स्वच्छन्दतावादी अवलोकन {A Romantic View of the Khandakavya 'Munamadan'}
DOI:
https://doi.org/10.3126/sotang.v2i1.47590Keywords:
स्वच्छन्दतावादी, आलम्बन विभाव, उद्दीपन विभाव, इन्द्रिय सम्वेद्यता, भावविह्वल, परत्रAbstract
वि.सं. १९९१ मा ‘पूर्णिमाको जलधी’ र ‘गरीव’ कवितामार्फत् नेपाली कविताका क्षोत्रमा स्वच्छन्दतावादी धारा भिœयाएका लक्ष्मीप्रसाद देवकोटाका सम्पूर्ण काव्य कृतिहरूमा स्वच्छन्दतावादी धारा नै मूल रूपमा प्रकट भएको पाइन्छ र उनको ‘मुनामदन’ खण्डकाव्यमा स्वच्छन्दतावादी चेतना प्रबल रूपमा प्रकट भएको देखिन्छ र उनले यस खण्डकाव्यमा स्वच्छन्दतावादी मान्यताअनुरूप प्रकृतिको आत्मपरक, प्रकृतिको वस्तुपरक, प्रकृतिको मानवीकरण, प्रकृतिको सुन्दर असुन्दर रूप, घटनाको पूर्व सङ्केतका रूपमा देखिने प्रकृति र आलम्बन अनि उद्दीपन विभावका रूपमा प्रकृतिको चित्रण गर्दै मुनामदन खण्डकाव्यमा आदर्शवादी मानवतावादी विचार, आध्यात्मिक जीवन दर्शन, स्वप्नाप्रतिको विश्वास, लोक तŒवप्रतिको आकर्षण, आत्मिक प्रेमको समर्थन, कारुणिकता, कल्पनाको उच्च उडान र सौन्दर्यमयी भावना जस्ता स्वच्छन्दतावादी चेतना प्रकट भएको छ भन्ने कुराको सूचना यस लेखमा दिइएकोछ ।