नेपाली व्याकरणको विकास परम्परा {Development tradition of Nepali grammar}
DOI:
https://doi.org/10.3126/sotang.v1i1.45844Keywords:
वर्णविन्यास, भाषाशास्त्र, व्याकरण परम्परा, भाषानुशासनAbstract
नेपाली भाषाको सङ्क्षिप्त परिचय, व्याकरणको प्रारम्भिक स्थिति, नेपाली भाषाको लेख्य अभिलेख, नेपालीभाषा तथा साहित्यको विकासमा भएका केही आन्दोलनहरूबारे सङ्क्षिप्त चर्चा गर्दै नेपाली व्याकरणको परम्परासम्बन्धी यस लेखमा बिमर्श गरिएको छ । व्याकरण भाषाको अनुशासन हो । भाषालाई व्याकरणलेअनुशासित बनाउँछ । मनुष्यले आफ्ना मनका भाव आपसमा बुझाउनका लागि प्रयोग गर्ने माध्यम नै भाषा हो ।कथ्य भाषा प्रयोगको धेरै समय पछि लेख्य स्वरूप प्रयोग हुन थाल्यो, लेख्य स्वरूप प्रयोगसँगै भाषानुशासन व्याकरणको आवश्यक भयो । नेपाली भाषामा गोरखापत्र प्रकाशन हुन थालेको समय विन्दुलाई एउटा ऐतिहासिक कोसेढुङ्गाको रूपमा लिदैे एटन (१८२०) देखि गोरखा पत्र प्रकाशन बीचको अवधीलाई नेपालीमा व्याकरण विकासको पृष्ठभूमि काल वा पहिलो चरण मानिएको, नेपाली भाषाको पहिलो पाठ्यपुस्तक अक्षराङ्क शिक्षा र गोरखापत्र (१९५८) प्रकाशन भएपछि भने नेपाली भाषामा व्याकरणको अभाव भएको सम्बन्धमा मन्थन हुन थालेको , १९५८ देखि झर्रो आन्दोलन (२०१३) सम्मको अवधीलाईनेपाली व्याकरण लेखन परम्पराको दोस्रो चरण मानिएको, वि.सं. १०१४ मा नेपाली विद्वान् रामराज पन्तकोनेपाली भाषा विज्ञान प्रकाशित भएपछि नेपाली व्याकरण परम्पराले नयाँ मोड लिएको, यस अवधीमा विदेशीभाषा अध्येताहरूबाट पनि भाषावैज्ञानिक अध्ययनका कार्य अघि बढाउने कार्य भएको यस अवधीलाई तेस्रोचरण मानिएको देखिन्छ । भाषाशास्त्रीय अध्ययन तथा लेखन, भाषा व्याकरण लेखन, शैक्षणिक व्याकरणलेखन तथा वर्णविन्यास सम्बन्धी चिन्तन र बहस हालसम्म पनि निरन्तर प्रक्रियाकै रूपमा चलिरहेको रचलिरहने निष्कर्ष प्रस्तुत गरिएको प्रस्तुत लेख तयारीका क्रममा मूलत ः पुस्तकीय अध्ययनलाई आधारबनाइएको छ ।
{Brief introduction of Nepali language, initial status of grammar, written records of Nepali language, some movements in the development of Nepali language and literature are briefly discussed in this article on the tradition of Nepali grammar. Grammar is the discipline of language. Grammar is disciplined by language. Language is the medium used by human beings to communicate their feelings to each other. The period between Eton (1820) and the publication of Gorkhapatra is considered as the background period or the first stage of development of grammar in Nepali. The period from 1958 to the Jharro movement (2013) is considered to be the second phase of the Nepali grammar writing tradition. In 1014, Nepali scholar Ram Raj Pantako nepali After the publication of Linguistics, the Nepali grammar tradition took a new turn. Thoughts and debates on linguistic studies and writing, language grammar writing, academic grammar writing and alphabet are still a continuous process.}