कर्तव्य कथाका पात्रमा साङ्ख्य दर्शनका त्रिगुणको प्रभाव {The effect of the triple of Sankhya philosophy on the characters of the duty story}
DOI:
https://doi.org/10.3126/sotang.v1i1.45832Keywords:
तमगुण tamaguna, प्रकृति prakriti, सत्वगुण satwaguna, पुरुषAbstract
प्रस्तुत आलेखमा गुरूप्रसाद मैनालीरचित कर्तव्य कथाका प्रमुख पात्रका चारित्रिक क्रियाकलापलाई सांख्यदर्शनद्वारा प्रस्तावित त्रिगुणसम्बन्धी सैद्धान्तिक पर्याधार निर्माण गरी समस्याअनुरूप खोजिएका साक्ष्यका आधारमा विश्लेषण गरिएको छ । यस विश्लेषणबाट मुरलीधरको चरित्रमा जिउनी खेतको विषयमा गरिएको मुद्दामामिलाका घटनाका साथै सनातन धर्मसंस्कृतिप्रतिको अनुराग, कर्तव्यबोध र जिम्मेवारीको पालनबाट रजोगुण तिरोहित भई सत्वगुण उद्रेक भएको देखिन्छ भने श्रीधरका चारित्रिक क्रियाकलापमा सनातनधर्मसंस्कृतिप्रति अनास्था, सत्ता र शक्तिको उन्मादका घटनामा तमोगुण, छोराको वैवाहिक कार्यक्रममादाजुभाउजूलाई उपेक्षा गरेका घटनामा रजोगुण एवम् नबोलाउँदा नबोलाउँदै पनि दाजु छोराको बिहेमा गएरकुलपरम्पराको रीतिरिवाज पालना गरेका घटनाबाट कृतकार्यप्रति पछुतो मान्दै क्षमायाचना गरेका सन्दर्भमा सत्वगुणको मात्रा अधिक देखिन्छ । विनानिम्ता वैवाहिक कार्यमा जान नहुने कमलाको प्रस्तुतिमा आक्रोश रप्रतिशोधको भाव झल्किएको हुँदा यसबाट उनको चारित्रिक कार्यकलापमा रजोगुणको मात्रा रहेको छ । पौरस्त्य दर्शनको यही त्रिगुणवादी मान्यतामा आधारित भई प्रमुख पात्रका चारित्रिक कार्यकलापको तुलनात्मक अध्ययन गर्दा भाइ भए भरोस गाई भए गोरसको उखान चरितार्थ भएकाले तम र रजोगुणको गोपन भई सत्वगुणको मात्रा अधिक रहेकाले प्रस्तुत कथालाई आदर्शवादी मान्ने आधार पुष्टि हुने देखिन्छ ।
{In the present article, the characteristic activities of the main characters of the Duty Story written by Guruprasad Mainali have been analyzed on the basis of the evidence sought according to the problem by constructing the theoretical basis for the three qualities proposed by Sankhyadarshan. From this analysis, it is seen that in the character of Muralidhar, along with the incidents in the case of Jiuni Khet, as well as devotion to Sanatan religion and culture, sense of duty and observance of responsibility, Rajoguna has disappeared and Sattva Guna has emerged On the other hand, in Shridhar's characteristic activities, in the cases of disbelief in traditional religion and culture, in the incidents of power and power frenzy, in the incidents of neglecting the son's marriage program, in the incident of Rajogun, and in the incident of not calling him, Kamala, who should not go to the wedding without any reason, has a sense of resentment and revenge, which adds to the amount of Rajogun in her characteristic activities Has been A comparative study of the character activities of the protagonists based on this triune belief of Eastern philosophy seems to confirm the premise that the present story is considered idealistic as the proverbial character of Goras is the character of brother and brother is trustworthy.}