लक्ष्मीप्रसाद देवकोटाका बालकाव्यको विधातात्विक अध्ययन {Etymological study of Laxmi Prasad Devkota's children's poetry}
DOI:
https://doi.org/10.3126/sotang.v1i1.45831Abstract
वि.सं. १९८७ देखि बाल कविताको रचना गर्न थालेका देवकोटाले नेपाली साहित्यमा अनगिन्ती बालकविताका साथै ‘राजकुमार प्रभाकर’ र ‘कटक’ बाल काव्यको पनि रचना गरे । उनले रचेको ‘राजकुमारप्रभाकर’ नेपाली साहित्यकै पहिलो बालकाव्य हो भन्ने कुराको सूचना यस लेखमा दिइएको छ । यस लेखमा‘राजकुमार प्रभाकर’ दन्त्यकथामा आधारित बालकाव्य हो भने ‘कटक’ नेपालको ऐतिहासिक विषयवस्तुमाआधारित बालकाव्य हो भन्ने पनि प्रस्ट पारिएको छ । यी दुबै बालकाव्यको विषयवस्तु बालग्राह्य छ भन्नेकुराको चर्चा गर्दै देवकोटाका यी दुई बाल काव्य स्वाभाविक भाषाशैली, गीतिचेतनायुक्त लयविधान,चामत्कारिक विम्बालङ्कार, स्वाभाविक पात्रविधान अनि नैतिकतामूलक र वीरचेतनायुक्त सन्देशले युक्त भईबालकलाई मनोरञ्जन प्रदान गर्न सक्षम छन् भन्ने कुराको निक्र्याेल यस लेखमा गरिएको छ ।
{V.S. Devkota, who started composing children's poems in 1987, has written countless children's poems in Nepali literature as well as children's poems 'Rajkumar Prabhakar' and 'Cuttack'. In this article, information has been given that 'Rajkumar Prabhakar' composed by him is the first children's poem of Nepali literature. In this article, it has been clarified that 'Rajkumar Prabhakar' is a children's poem based on a fairy tale and 'Cuttack' is a children's poem based on a historical theme of Nepal. Discussing that the subject matter of these two children's poems is child-friendly, these two children's poems of Devkota are able to entertain the children with their natural language style, lyrical-conscious rhythm, miraculous imagery, natural characterization and moral and heroic message.}