माध्यमिक नेपाली भाषापाठ्यपुस्तकका अभ्यासमा पर्याशैक्षणिक दृष्टि

Authors

  • डा. राजेन्द्र खनाल

DOI:

https://doi.org/10.3126/smcrj.v6i1.74546

Keywords:

पर्याचेत, पर्यावरण, पर्यावरण संरक्षण, पर्याशैक्षणिकता, पर्यावरण सन्तुलन

Abstract

प्रस्तुत लेखमा माध्यमिक तहका नेपाली पाठ्यपुस्तकमा समाविष्ट अभ्यासमा प्रविष्ट पर्यावरणीय सन्दर्भको पहिचान र विश्लेषण गरिएको छ । गुणात्मक ढाँचामा आधारित प्रस्तुत लेखमा कक्षा नौ र दशका नेपाली पाठ्यपुस्तकमा समाविष्ट पर्यावरणीय सन्दर्भ रहेका मुख्य, संरचनापरक र पूरक अभ्यास प्राथमिक स्रोत बनेका छन् भने सम्बद्ध सैद्धान्तिक ग्रन्थलाई द्वितीयक स्रोत सामग्रीका रूपमा लिइएको छ । आलोचनात्मक विश्लेषण प्रक्रिया अपनाइएको यस लेखमा निर्दिष्ट पुस्तकमा पर्यावरणीय सन्दर्भ समावेश भएका प्रत्येक अभ्यास मूल तथ्य बनेका छन् । कक्षा नौको नेपाली पाठ्यपुस्तकमा राखिएका पाठगत, व्याकरणगत र सिर्जनात्मक क्षेत्रका जम्मा १३ ओटा अभ्यासमा पर्यावरणीय सन्दर्भ प्रविष्ट भएको पाइएको छ । तीमध्ये जम्मा चारओटा अभ्यास पर्याचेतमा केन्द्रित छ्न् नाौओटामा पर्यावरणीय सन्दर्भ मात्र रहेका छन् । कक्षा दशका पाठ्यपुस्तकका छओटा अभ्यासमा पर्यावरणीय पक्ष समावेश भएका छन् । तीमध्ये पाँचओटा अभ्यासमा पर्यावरणीय विषयवस्तु रहेका छन् भने एउटा अभ्यासमा पर्याचेतलाई सोद्देश्यमूलक किसिमले समावेश गरिएको छ । यसरी कक्षा दशमा जम्मा छओटा अभ्यास मात्र पर्यावरण क्षेत्रसँग सम्बद्ध छन् । तुलनात्मक दृष्टिले कक्षा नौमा जम्मा १३ ओटा अभ्यास पर्यावरणीय सन्दर्भसहित रहेकामा चारओटामा पर्याचेतमा सबल छन् भने कक्षा दशमा छओटा अभ्यासमा पर्यावरणीय सन्दर्भ रहेकामा एउटा अभ्यासमा मात्र पर्याचेत रहेको छ । कक्षा दशका तुलनामा कक्षा नौको पाठ्यपुस्तकमा समाविष्ट अभ्यास पर्यावरणीय दृष्टिले उपयुक्त देखिन्छन् । निर्दिष्ट पाठ्यपुस्तकका अभ्यासमा पर्याशैक्षणिक सन्दर्भ र पर्याचेतकेन्द्री पक्षको सीमितता रहेको पाइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
20
PDF
14

Downloads

Published

2024-12-31

How to Cite

खनाल ड. र. (2024). माध्यमिक नेपाली भाषापाठ्यपुस्तकका अभ्यासमा पर्याशैक्षणिक दृष्टि. Solukhumbu Multiple Campus Research Journal, 6(1), 206–220. https://doi.org/10.3126/smcrj.v6i1.74546

Issue

Section

Articles