विवस्त्र रामायण कथाको महिला सौन्दर्यचिन्तन

Authors

DOI:

https://doi.org/10.3126/smcrj.v6i1.74540

Keywords:

उत्पीडन, प्रजनन अधिकार, प्रतिरोध, शरीर राजनीति, सिर्जनात्मकता

Abstract

प्रस्तुत लेख अर्चना थापाको ‘विवस्त्र रामायण’ कथाको महिला सौन्दर्यचेतना विश्लेषणमा आधारित छ । उक्त कथामा महिला सौन्दर्यचिन्तन केकसरी भएको छ भन्ने मूल समस्याको समाधानका लागि कथामा प्रकटित महिलाले चाहेको व्यक्तित्वनिर्माण, नवीन भाष्यको प्रवर्तन, शरीर राजनीतिको प्रतिरोध र ऐतिहासिक विभेदको उत्खनन जस्ता प्रतिमानको उपयोग गरिएको छ । प्रस्तुत लेखको सैद्धान्तिक ढाँचाको मूल आधार क्लारा जेटकिन (सन् २०६५), सिमोन द बोउवार (२०७५), र ब्रान्ड वेइजर पेग (सन् २००८) का वैचारिक सामग्रीहरू रहेका छन् । महिला सौन्दर्यचिन्तन सामाजिक र दार्शनिक पक्षसँग सम्बन्धित महिलाको लैङ्गिक भूमिका र शक्ति सम्बन्धसम्बद्ध विषय रहेकाले लैङ्गिक समालोचनाअन्तर्गत अन्तरविषयक समालोचना पद्धतिका रूपमा साहित्यले सहजै अङ्गीकार गरेको विषय हो । समालोचनाका क्षेत्रमा महिला सौन्दर्यचिन्तन समाजको शक्ति सम्बन्धका आधारमा निर्धारित पितृसत्ता र महिलाका बिचको आर्थिक, सामाजिक सम्बन्ध र त्यसले निम्त्याएको द्वन्द्वात्मक परिस्थिति एवम् महिलामुक्तिको पक्षधरताका आधारमा कृतिको विश्लेषण गर्ने सिद्धान्त हो । यसले साहित्यिक पाठमा रहेका लैङ्गिक विभेद, शोषण, द्वन्द्व, महिलाको सिर्जनात्मकता एवम् उनीहरूको मुक्ति जस्ता सामाजिक सांस्कृतिक पक्षहरूको खोजी गरी तिनको प्रयोजनपरक ढङ्गले विश्लेषण गर्ने काम गर्दछ । ‘विवस्त्र रामायण’ कथामा नेपाली समाजको महिलाप्रतिको दृष्टिकोण चित्रण, पितृसत्तासँगको त्यसको द्वन्द्वात्मक सम्बन्धको आलोचनात्मक प्रसार एवम् महिलाको स्वतन्त्रताका लागि अवलम्बन गरिएको प्रतिरोध र स्वतन्त्रता चयनको अभिव्यक्तिले वैयक्तिक स्वरूपको महिला सौन्दर्यचेतना प्रकटीकरणका कोणबाट विवेच्य कथा प्रभावकारी रहेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
18
PDF
7

Downloads

Published

2024-12-31

How to Cite

शर्मा ड. व. (2024). विवस्त्र रामायण कथाको महिला सौन्दर्यचिन्तन. Solukhumbu Multiple Campus Research Journal, 6(1), 183–195. https://doi.org/10.3126/smcrj.v6i1.74540

Issue

Section

Articles