मृत्यु शृङ्खला कवितामा प्रयुक्त विम्ब

Authors

  • डा. विनोद कार्की

DOI:

https://doi.org/10.3126/smcrj.v6i1.74539

Keywords:

आत्मिक प्रेम, मृत्यु प्रेम, मन्द प्रयास, सम्यक् विश्वास

Abstract

प्रस्तुत लेखमा मञ्जुलको मृत्यु शृङ्खला कविताको आधार लिएर प्रयुक्त विम्ब केलाउन दृष्टान्तसहित विवेचना गरी विम्ब निक्र्यौल गरिन्छ । विम्बका मान्यतामा टेकेर मञ्जुलको मृत्यु शृङ्खला कवितामा मृत्यु दर्शनलाई विभिन्न सन्दर्भमा प्रस्तुत गरिएको कुरा पत्ता लगाई मृत्यु शृङ्खला कवितामा विम्बको सम्बन्ध देखाउनु यो लेखको उद्देश्य रहेको छ । यो लेखमा मञ्जुलकोे मृत्यु शृङ्खला कवितालाई प्राथमिक स्रोत सामग्री र सौन्दर्यशास्त्रीय तत्त्व विम्बसँग सम्बद्ध ग्रन्थहरूलाई द्वितीयक सामग्रीका रूपमा उपयोग गरिएको छ । प्राप्त तथ्यहरूको विश्लेषण गर्दा विश्लेषणात्मक विधिलाई स्वीकार गरिएको छ । काव्यशास्त्रले स्थापित गरेका मूल्यहरू नियन्त्रित, धारणात्मक, तथ्यबोधक विम्बहरूलाई मुख्य आधार मानेर कविताका दृष्टान्तसहित राजनैतिक, सामाजिक, प्राकृतिक, सांस्कृतिक र दार्शनिक विम्बहरूको विश्लेषण गरी कविताहरू रमणीय तथा शोभनीय भइकन पनि सन्देशमूलक छन् भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
13
PDF
6

Downloads

Published

2024-12-31

How to Cite

कार्की ड. व. (2024). मृत्यु शृङ्खला कवितामा प्रयुक्त विम्ब. Solukhumbu Multiple Campus Research Journal, 6(1), 171–182. https://doi.org/10.3126/smcrj.v6i1.74539

Issue

Section

Articles