सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरू बिच पारस्परिक सम्बन्ध
DOI:
https://doi.org/10.3126/smcrj.v6i1.74536Keywords:
नेतृत्वशैली, प्रधानाध्यापक, बालकेन्द्रित, सामुदायिक विद्यालय, सारथीAbstract
यस लेख सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षक बीचको सम्बन्धको अवस्था पहिचान गर्ने उद्धेश्यमा केन्द्रीत भई गुणात्मक अनुसन्धान ढाँचामा तयार गरिएको छ । यस अध्ययनका लागि काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका अन्र्तगत १० वटा सामुदायीक विद्यालयका १० प्र.अ. उद्धेश्यमुलक नमुना छनोट विधिबाट र प्रत्येक विद्यालयबाट २ जनाका दरले शिक्षक २० जना एवम् प्रत्येक विद्यालयबाट १० जनाका दरले १०० जना छात्र छात्रा रोल नम्बरका आधारमा चिठ्ठा वनाई छनोट गरिएको छ । साथै प्रत्येक विद्यालयबाट १जना वि.व्य.स. उद्देश्यमूलक नमुना छनोट विधिबाट गरी जम्मा १० जना वि.व्या स. लाई यस अध्ययनमा सहभागीका रुपमा लिइएको छ । छनोटमा परेका विद्यालयहरूको स्थलगत भ्रमण गरी प्रश्नावली फारम र अन्तर्वार्ता गरी आवश्यक तथ्यहरु लिएको छ । प्राप्त तथ्याङ्कलाई तालिकीकरण गरी वर्णनात्मक ढाँचाको प्रयोग गरी व्याख्या र विश्लेषण गरिएको छ । यस अध्ययनका आधारमा प्रधानाध्यापक र शिक्षकहरु विचमा मित्रवत सम्बन्ध रहेको पाइयो । विद्यालयमा प्रजातान्त्रिक, सहभागितामूलक कार्यवातावरण रहेको छ भन्ने भनाई बहुसंख्यक प्रधानाध्यापक तथा शिक्षकहरूमा रहेको पाइयो । प्रधानाध्यापकको व्यवहारमा सहमत हुनेहरु ८६ %, राम्रो व्यवहार नभएको असहमत १४ % पाइयो । प्रधानाध्यापक र शिक्षक बीच खासै समस्या नभएको ७५% पाइयो । प्रधानाध्यापक र शिक्षक बीच समयमा अन्तरक्रिया, सूचना, समन्वय, नहुँदा विश्वासको कमीले गर्दा समस्या हुने गरेको भन्नेहरुमा ५%, नीति नियम खोज्दा मनमुटावको समस्या १५% र उत्प्रेरित पृष्ठपोषण नहुदा मित्रवत सम्बन्धको समस्या ५% पाइयो । बालमैत्री सम्बन्ध ८५%, सूचना व्यवस्थापन प्रवाहको सम्बन्ध ८० प्रतिशत भनौँ उच्च पाइयो । शैक्षिक एवम भौतिक अवस्थामा भने सुधार पाइयो ।