नेपाली भाषा शिक्षणमा कथा शिक्षण विधि र क्रियाकलाप
DOI:
https://doi.org/10.3126/smcrj.v6i1.74535Keywords:
शिक्षण विधि, क्रियाकलाप, बहुबौद्धिकता, आलोचनात्मक सोच, भाषा शिक्षणAbstract
प्रस्तुत लेख माध्यमिक तहअन्तर्गत कक्षा ९ र १० मा नेपाली भाषा विषय शिक्षण गर्दा शिक्षकहरूले प्रयोग गर्ने शिक्षण विधि र क्रियाकलापमा केन्द्रित छ । नेपाली भाषा शिक्षणमा कथा शिक्षण विधि र क्रियाकलाप शीर्षकको यो लेख विधा शिक्षणका क्रममा नेपाली भाषा शिक्षकहरूले प्रयोग गर्ने शिक्षण विधि तथा क्रियाकलापको विश्लेषण गर्ने उद्देश्यले तयार पारिएको हो । यस लेखमा पुस्तकालयीय कार्य, निर्देशित अन्तर्वार्ता प्रश्नावली र कक्षा अवलोकनमार्फत सूचना सङ्कलन गरी गुणात्मक ढाँचामा रहेर विश्लेषण गरिएको छ । यसमा काठमाडौँ जिल्लाअन्तर्गत माध्यमिक तह (कक्षा ९ र १०) मा नेपाली भाषा शिक्षण गर्ने ४ जना शिक्षकहरूलाई निर्देशित अन्तर्वार्ता प्रश्नावलीमार्फत लिइएको शाब्दिक सूचना विश्लेषणबाट प्राप्त सूचनालाई भाषा पाठ्यक्रम सिद्धान्तका आधारमा अनुसन्धान उद्देश्यसँग सम्बन्धित रहेर व्याख्याविश्लेषण गरी निचोडमा पुगिएको छ । यस अध्ययनमा नेपाली भाषा शिक्षकहरूले भाषा शिक्षणका क्रममा शिक्षककेन्द्रित विधिलाई प्राथमिकता दिएको देखिन्छ । जुन विधिहरू प्रविधिमैत्री नहुनुका साथै सिकाइ सहजीकरण प्रक्रियामा शैक्षिक सामग्रीको उपयोग सीमित देखिन्छ । पाठ्यक्रमले निर्धारण गरेको सहजीकरण प्रक्रिया अवलम्बन गरिएको छैन । कथा शिक्षणमा व्याख्यान, छलफल, प्रश्नोत्तर, प्रस्तुतीकरण, पठनबोध र अभिनय विधिको प्रयोग गरिएको छ । पाठ्यक्रमले निर्देश गरेका बहुबौद्धिकता, आलोचनात्मक सोच, सहकार्यात्मक सिकाइ जस्ता प्रक्रियाहरू कक्षामा प्रभावकारी रूपमा लागू गरिएको छैन । भाषा शिक्षणमा रहेका विद्यमान कमी कमजोरीहरु सुधारका लागि शिक्षक तालिम, पाठ्यक्रम प्रबोधीकरण, अनुगमन र सम्बन्धित निकायको शिक्षामा लगानी र सक्रियता आवश्यक छ ।