‘मेरो चोक’ र ‘हामी’ कवितामा वर्णविन्यास वक्रता
DOI:
https://doi.org/10.3126/smcrj.v6i1.74533Keywords:
व्यञ्जनवर्ण, वर्णविन्यास वक्रता, आवृत्ति, साक्ष्य, स्वरवर्णAbstract
प्रस्तुत लेखमा ‘मेरो चोक’ र ‘हामी’ कवितालाई पूर्वीय आचार्य कुन्तकको वक्रोक्ति सिद्धान्तको वर्णविन्यास वक्रताको कोणबाट विश्लेषण गरिएको छ । वक्रोक्ति भनेको साहित्यिक तथा घुमाउरो भनाइ हो । काव्य रचनामा आएका वर्णहरूको एकदुई वा अनेक पटक केही अन्तरमा हुने आवृत्तिलाई नै वर्णविन्यास वक्रता भनिन्छ । यस लेखको मुख्य उद्देश्य कवि भूपि शेरचनद्वारा रचना गरिएको ‘मेरो चोक’ र ‘हामी’ कवितालाई वर्णविन्यास वक्रताको आधारमा विश्लेषण गर्नु हो । यो लेखलाई वर्णनात्मक विधिका आधारमा विश्लेषण गरिएको छ । जसमा ‘मेरो चोक’ र ‘हामी’ कवितालाई प्राथमिक स्रोत सामग्रीका रूपमा लिइएको छ । उक्त कविताहरू वर्णविन्यास वक्रताका दृष्टिले हेर्दा निकै महत्वपूर्ण देखिन्छन् । यस लेखमा कविताका विभिन्न साक्ष्यहरू प्रस्तुत गरेर त्यसको भावलाई औल्याउँदै वर्णविन्यास वक्रताको खोजी गरिएको छ । कविताहरूमा के कस्ता वर्णहरूको पुनरावृत्ति भएको छ ? त्यसको खाजी गदै विश्लेषण गरेर अन्तमा निष्कर्ष निकालिएको छ । उक्त कविताहरूमा वर्णविन्यास वक्रताको प्रयोग प्रचुर मात्रामा भएको छ । जसले कवितालाई सुन्दर बनाउनुको साथै लयात्मक मिठाससमेत थपेको पाइन्छ । यस लेखले वर्णविवन्यास वक्रता सम्बन्धी शोधखोज गर्ने पश्चवर्ती शोधकर्ता तथा अनुसन्धानार्थीहरूलाई वर्णविन्यास वक्रता सम्बन्धी विभिन्न अन्योलहरूलाई निराकरण गर्न र कुनै पनि साहित्यिक रचनामा वर्णविन्यास वक्रताको खोजी गरी विश्लेषण गर्नमा मदत पुग्ने विश्वास लिइएको छ ।