कक्षा आठको नेपाली पाठ्यपुस्तकमा प्रयुक्त सुनाइ अभ्यास

Authors

  • उमेश काफ्ले

DOI:

https://doi.org/10.3126/smcrj.v6i1.74531

Keywords:

एकीकृत, गुणात्मक, वाचन, विधागत संयोजन

Abstract

प्रस्तुत लेख कक्षा आठको नेपाली (२०८०) पाठ्यपुस्तकमा प्रयोग भएका सुनाइ पाठ र त्यससँग सम्बद्ध अभ्यासमा केन्द्रित छ । भाषिक सिप विकासका लागि पाठ्यपुस्तकमा विभिन्न विधाका पाठ र नमुना अभ्यास राखिएको हुन्छ । त्यही अभ्यासअन्तर्गतको सुनाइ र बोलाइ सिपका लागि तय गरिएका पाठ वा विषय सन्दर्भ र त्यससम्बद्ध अभ्यासको अध्ययन गर्ने उद्देश्यले लेख तयार गरिएको छ । गुणात्मक ढाँचाको अवलम्बन गरी पाठ वा विषयवस्तु विश्लेषण विधिलाई आधार मानी अध्ययन पूरा सम्पन्न भएको छ । सुनाइ पाठ र त्यससम्बद्ध अभ्यासको विश्लेषणको सैद्धान्तिक आधारका लागि पृथकीकृत र एकीकृत पद्धतिलाई अवलम्बन गरिएको छ । सुनाइ पाठको विश्लेषण गर्दा विषयवस्तुको अपेक्षा, विषयवस्तुको प्रकृति, पाठको लम्बाइ र संरचना, वाचन समय, विधागत संयोजन, प्रश्न प्रकृति र पाठ्यक्रमको अपेक्षालाई आधार मानिएको छ । मुख्य सारमा केन्द्रित पाठको चयन गरी एकालाप प्रकृतिका वर्णनात्मक विषय वा पाठका आधारमा सुनाइ सामग्री चयन गरिएको छ । दोहोरो सञ्चार आधारित सामग्रीको भने न्यून प्रयोग पाइयो । पाठमा प्रयुक्त शब्द र वाक्य संरचनामा पनि विविधता देखिएको छ । औसत २ मिनेट नजिकका पाठको छनोटमा प्राथमिकता दिएको देखियो । विधागत आधारले भने प्रबन्ध विधाका सुनाइ पाठ बढी छन् भने सकेसम्म मूल पाठका आधारमा सुनाइ पाठ छनोट गरिएको पाइयो । सुनाइ र बोलाइको सम्बन्धका आधारमा परीक्षण गर्न खोजिएकाले एकीकृत पद्धतिको प्रयोग गरिएको देखिन्छ भने वस्तुगत प्रकृतिबाट परीक्षण गर्ने केही आधारले भने पृथकीकृत पद्धतिको पनि उपयोग गरिएको देखिन्छ । सैद्धान्तिक आधारले हेर्दा यी दुवै पद्धतिको मान्यतालाई आत्मसात् गरिएको छ । यस अध्ययनको प्राप्तिले भाषा शिक्षण सिकाइसँग सम्बद्ध पाठ्यक्रम निर्माता, पाठ्यपुस्तक लेखक, शिक्षक तथा यस क्षेत्रमा अध्ययन अनुसन्धान गर्न चाहने सम्पूर्ण व्यक्तिलाई सहयोग पुग्ने छ ।

Downloads

Download data is not yet available.
Abstract
30
PDF
11

Downloads

Published

2024-12-31

How to Cite

काफ्ले उ. (2024). कक्षा आठको नेपाली पाठ्यपुस्तकमा प्रयुक्त सुनाइ अभ्यास. Solukhumbu Multiple Campus Research Journal, 6(1), 118–130. https://doi.org/10.3126/smcrj.v6i1.74531

Issue

Section

Articles