नेपाली धातुकला विधि र परम्परा [Nepali Metalwork Method and Tradition]
DOI:
https://doi.org/10.3126/sirjana.v7i1.39887Keywords:
Main, मैन, साँचो, भट्टी चुल्होAbstract
मूर्ति रचना पद्धतिका सन्दर्भमा नेपालमा धातुकलाको निकै लामो र विशिष्ट परम्परा रहिआएको छ ।
धातुकलामा ढलाइ (Casting) पद्धति र पाता अर्थात् रिपोसे (Sand casting) पद्धति प्रचलित रहेका छन् ।
स्यान्ड कास्टिङ (Sand casting) लाई ढलान पद्धतिमा वैकल्पिक विधिका रूपमा लिइन्छ । धातुमूर्ति रचना पद्धतिमा मैन निर्गम पद्धति (Lost wax Process) को अलगै महत्व रहेको छ । प्रस्तुत अध्ययन
मैन निर्गम पद्धतिको परम्परामा केन्द्रित रहेको छ । ढलाइ पद्धति साँचामा पग्लेको धातु खन्याई
मैनको ‘मानसरा’ मा मधुच्छिष्ट विधानम् भनी उल्लेख गरिएको पाइन्छ । यस पद्धतिलाई फ्रान्सेली
भाषामा ‘सेर पर्डु’ (cere-perdue) र अङ्ग्रेजी भाषामा (lost wax process)
भनिन्छ । ऐतिहासिकताका दृष्टिले सिन्धुघाटी सभ्यताको मोहेन्जोदारोमा प्राप्त २५०० इस्वी संवत्पूर्वको
‘नर्तकी’ नाम दिइएको धातु मूर्ति सर्वाधिक प्राचीन मानिएको छ । मैन निर्गम पद्धतिबाट गठित तथा
खोक्रो दुबै खालका मूर्ति बनाउन सकिन्छ । यो पद्धति भारतका बिभिन्न आदिवासी समुदायमा पनि
‘डोकरा कास्टिङ’ नामले प्रचलित रहेको पाइन्छ । आधुनिक पद्धतिका तुलनामा यो पद्धति कम खर्चिलो
भए तापनि परम्परागत पद्धतिमा केही चुनौतीहरू पनि रहेका छन् ।