थरी थरीका पटचित्र [Various types of paintings]
DOI:
https://doi.org/10.3126/sirjana.v5i1.39855Keywords:
Patchitra, ThankaAbstract
कपडामा लेखिएको चित्रलाई संस्कृत र नेपाली भाषामा ‘पटचित्र’, नेपालभाषामा ‘पौभाः’ र तिब्बती भाषामा
‘थान्का’ भनिन्छ । कपडाका आकार प्रकार र चित्र लेख्ने विशेषताका आधारमा पटचित्रलाई सात प्रकारमा
विभाजन गर्न सकिन्छ — पौभाः चित्र, पटमण्डल, बिलंपौ, धकिंचित्र, हलिपटचित्र, गाछिका चित्र र इलां चित्र ।
पौभाः चित्र भन्नाले चारपाटे कपडामाथि देवी देवता, धार्मिक अनुष्ठान, समाजमा घटित ऐतिहासिक घटना
विशेषको संस्मरण, सामाजिक अवस्था र प्राकृतिक तथा मानवद्वारा निर्मित दृश्य आदि सम्बन्धी चित्रणलाई
भनिन्छ । पटमण्डलमा कपडामा मुख्य देवतालाई केन्द्रमा राखेर ज्यामितीय आकारहरूमा ससाना देवताहरूको चित्र
बनाउने वा ज्यामितीय आकारहरूमा रङ मात्र प्रयोग गरिन्छ । बिलंपौ प्रायः ३–४ हातदेखि ८–१० हात वा
१२ हातसम्म लामो हुन्छ र यस पद्धतिमा कपडामा ऐतिहासिक घटनाव्रmम, पौराणिक कथा, अवदान तथा
जातककथाहरूलाई चित्रकथाका रूपमा उतारिन्छ । धकिंचित्र भन्नाले चित्र सहितको कपडालाई आगमकाठाका ढाकामा
राखिने चित्र भन्ने बुझिन्छ । धकिंचित्रमा साङ्केतिक चिह्न वा देवीदेवताका चित्र हुन्छ । हलिपट चित्र भन्नाले
लिङ्गोमा झुन्ड्याइने चित्र सहितको कपडा भन्ने बुझिन्छ । गाछिका चित्र भन्नाले देवीदेवताका रथमा राखेर जात्रा
गर्ने बेला रथको पछाडितर्पm राखिने चित्र सहितको कपडालाई भनिन्छ । इलांचित्र भन्नाले रथमा राखेर देवीदेवताको
जात्रा गर्ने बेला रथभित्र देवताको माथि राखिने चित्र सहितको कपडा भन्ने बुझिन्छ । गाछिका चित्र र इलां चित्र
दुवैमा जुन देवताको जात्रा गरिने हो, सो देवतालाई साङ्केतिक आकार वा मानवीय स्वरूपमा चित्रण गरिन्छ ।