सुम्निमा उपन्यासमा रसविधान Rasavidhana in the Novel ‘Sumnima’

Authors

  • Kamala Regmi Tribhuvan University, Nepal
  • Tika Devi Pokhrel Shree Gyanodaya Secondary School Kawasoti, Nawalparasi, Nepal

DOI:

https://doi.org/10.3126/sij.v5i1.63605

Keywords:

अङ्गीरस, यौनमनोविज्ञान, रस सामग्री, विभाव, शृङ्गार रस, सञ्चारी भाव, स्थायी भाव

Abstract

प्रस्तुत लेखमा सुम्निमा उपन्यासलाई पूर्वीय काव्य सिद्धान्त अनुरूप रसविधानका आधारमा समीक्षा गरिएको छ । यहाँ पूर्वीय काव्य परम्परामा महŒवपूर्ण काव्यतŒवको आधार मानिने रसको प्रयोग क्षेत्रलाई अध्ययनको सैद्धान्तिक आधार बनाइएको छ । उपन्यासमा प्रयुक्त आख्यान सौन्दर्यभित्र काव्यात्मक साहित्य जसरी नै रस परिपाक भएको हुन्छ । पूर्वीय साहित्य चिन्तनमा पाठक वा श्रोताले कुनै पनि काव्यकृति पढेर वा सुनेर उसका मनमा उब्जिने भाव वा अनुभूतिलाई रस भनिन्छ । उक्त सन्दर्भलाई आख्यानात्मक संवाद, पात्रको भूमिका, परिवेश, कथाक्रम लगायतका प्रसङ्गमा प्रस्तुत गरिएको हुन्छ । त्यसै गरी पाश्चात्य चिन्तनको मनोविज्ञान र रस सामग्रीका आधारमा हुने रस परिपाकबिचमा सामीप्यमा रहन्छ । पाठकले अनुभूत गर्ने आनन्दलाई रससामग्रीका आधारमा विश्लेषण गर्ने मान्यता अनुरूप साहित्यको मर्म निःसृत हुन्छ । यसर्थ प्रस्तुत अध्ययन विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित सुम्निमा उपन्यासभित्र प्रयुक्त रस सामग्री (विभाव, अनुभाव, व्यभिचारी भाव तथा स्थायी भाव) का आधारमा विश्लेषण गर्ने मूल उद्देश्यमा केन्द्रित रहेको छ । यस अध्ययनलाई पुस्तकालयीय सामग्रीको प्रयोग गरी पूर्वीय रस सिद्धान्त अनुरूप निगमनात्मक ढाँचामा सम्पन्न गरिएको छ । अध्ययनबाट सिङ्गो कृतिलाई प्रतिनिधित्व गर्ने गरी अङ्गी रसका रूपमा शृङ्गार रसको प्राधान्य रहेको पाइयो । निष्कर्षमा यस उपन्यासभित्र शृङ्गार रसको पोषकका रूपमा शान्त, रौद्र, बीभत्स रसका साथै वात्सल्य भावको उपयोग भएको पाइएको छ । 

The study aims to analyze the novel "Sumnima" by Bishweshwar Prasad Koirala, specifically focusing on its content in relation to rasa elements: vibhava, anubhava, vyabhichari bhava, and sthayi bhava. In this article, the novel has been evaluated based on rasavidhana, a framework derived from Eastern poetic theory. The novel's narrative aesthetics are described as imbued with poetic essence. In Eastern literary tradition, rasa refers to the emotional response evoked in the reader or listener after engaging with a piece of literature. This response is influenced by various elements such as dialogue, character portrayal, setting, and plot. The concept of rasa in Eastern thought bears similarities to psychological aspects of Western thought. Conducted within a deductive framework using library resources, the research concludes that the dominant rasa in the novel is shringar rasa, with elements of shant, rudra, bibhatsa, and vatsalya supporting it.

Downloads

Download data is not yet available.
Abstract
138
PDF
90

Author Biographies

Kamala Regmi, Tribhuvan University, Nepal

कमला रेग्मी नेपाली केन्द्रीय विभाग, त्रि.वि. अन्तर्गत दर्शनाचार्यमा शोधरत तथा मानविकी र शिक्षाशास्त्र सङ्कायबाट स्नातकोत्तर तह उत्तीर्ण हुनुहुन्छ । उहाँले नेपाली साहित्यका विभिन्न विधाहरूमा प्रयुक्त रसविधान, विधाताŒिवक अध्ययन, लयविधान आदि क्षेत्रअन्तर्गतका आधा दर्जन अनुसन्धानपरक लेख प्रकाशन गर्नुभएको छ ।

Tika Devi Pokhrel, Shree Gyanodaya Secondary School Kawasoti, Nawalparasi, Nepal

टीकादेवी पोख्रेल नेपाली केन्द्रीय विभाग, त्रि.वि. बाट दर्शनाचार्य तथा मानविकी र शिक्षाशास्त्र सङ्कायबाट स्नातकोत्तर तह उत्तीर्ण हुनुहुन्छ । उहाँ हाल ज्ञानोदय मा.वि., कावासोती–८ मा अध्यापनरत हुनुहुन्छ । उहाँ विशेषतः लोकवार्ता र सांस्कृतिक अध्ययनमा रुचि राख्नुहुन्छ ।

Downloads

Published

2024-03-18

How to Cite

Regmi, K., & Pokhrel, T. D. (2024). सुम्निमा उपन्यासमा रसविधान Rasavidhana in the Novel ‘Sumnima’. Siddhajyoti Interdisciplinary Journal, 5(1), 123–140. https://doi.org/10.3126/sij.v5i1.63605

Issue

Section

Articles