दिव्योपदेशपूर्वका सनद, तमसुक तथा सम्झौतासम्बन्धी अभिलेखहरूको सर्वेक्षण
DOI:
https://doi.org/10.3126/sij.v4i1.54147Keywords:
अभिलेख, इजर, कटक, कर्जा, तमसुक, वितलप, सनदAbstract
यो आलेख दिव्योपदेशपूर्वका सनद, तमसुक तथा सम्झौतासम्बन्धी अभिलेखहरूको सर्वेक्षणमा केन्द्रित रहेको छ । पुस्तकालयबाट द्वितीयक सामग्री सङ्कलन गरेर आवश्यक विषय पहिचान गरिएको हो । यहाँ निगमनात्मक तथा वर्णनात्मक विधिलाई अवलम्बन गरिएको छ । आलेखलाई छोटो–छरितो बनाउने क्रममा सूत्रात्मक शैली अपनाइएको छ । अनुसन्धेय विषय ऐतिहासिक तथा भाषिक भएकाले विषयविज्ञको सुझावलाई पनि समेटिएको छ । विषयको सार खिच्दा आगमनात्मक विधिलाई पछ्याइएको छ । खारी प्रदेशका राजा नागराज कर्णाली प्रदेशको जुम्लास्थित सिंजामा आई खसराज्य स्थापना गरेको र तिनैका वंशज वा नागरिकहरूले खस भाषामा अभिलेख लेख्न लगाएको तथ्यलाई यहाँ प्रस्तुत गरिएको छ । वि.सं. १४९७ देखि सनद, तमसुक तथा सम्झौता भएका अभिलेख टङ्कण गर्न लागेको ऐतिहासिक तथ्यलाई देखाउँदै त्यसपछिको दिव्योपदेशपूर्वका अभिलेखलाई विषयक्षेत्र पहिचान गर्दै अभिलेखको महŒव स्थापित गरिएको छ । अग्रज विद्वान्हरूको कार्यको सूत्रात्मक विवरण प्रस्तुत गर्दै अध्ययन हुन बाँकी विषय पहिचान गरी अध्ययनलाई व्यवस्थित र भरपर्दाे बनाइएको छ । सम्बन्धित अभिलेखहरूको स्रोतविवरण आधिकारिक बनाउन लेखन समय, अभिलेखको नाम, शोधकर्ता, कृति र पृष्ठसमेत समावेश गरी तालिका पेस गरिएको छ । समग्र सामग्रीलाई तीन भागमा विभाजन गरी उपशीर्षकमा प्रस्तुत गरिएको छ– जग्गा प्रदान गरिएका सनदहरू, लेनदेनका तमसुकहरू र दुई पक्षका बिच भएका सम्झौताहरू । सनद, तमसुक तथा सम्झौतापत्रका माध्यमबाट राजामहाराजा तथा विशिष्ट व्यक्तित्वहरूले ‘भूमिदान महादान’ भन्ने मूल मन्त्र अघि सार्दै धनसङ्ख्या र धर्मसङ्ख्या गरी चार किल्ला तोकेर जमिनदान गरेको र त्यसले समाजलाई सकारात्मक प्रभाव पारेको तथ्यलाई निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Siddhajyoti Education Campus, Phosretar, Sindhuli