भाषा शिक्षकको पेसागत उन्नयनमा व्यक्तिगत जिम्मेवारी Bhasha Shikshakko Peshagat Unnayanma Byaktigat Jimmebari
DOI:
https://doi.org/10.3126/sij.v1i0.35144Keywords:
शिक्षकको पेसागत उन्नयन, व्यक्तिगत जिम्मेवारी, भाषा शिक्षक, विशेषज्ञता, शिक्षक सक्षमताAbstract
शिक्षकलाई शिक्षा क्षेत्रको महत्वपूर्ण र जिम्मेवार व्यक्ति मानिन्छ । शिक्षकको पेसागत उन्नयनको प्रत्यक्ष सम्बन्ध विद्यार्थीको सिकाइसँग हुन्छ । पेसागत रूपमा सम्बन्धित क्षेत्रको व्यवसायिक दक्षता, कार्यकुशलता एवम ् विशेषज्ञता प्राप्त शिक्षकल े मात्र विद्यार्थीमा अपेक्षित परिणाम हासिल गराउन सक्छन ् । निरन्तर अध्ययन, अनुसन्धान र अनुभवबाट पेसागत विज्ञता हासिल हुन्छ । प्रस्तु त अध्ययन भाषा शिक्षकको पेसागत उन्नयनमा व्यक्तिगत जिम्मेवारी पहिचानमा केन्द्रित रहेको छ । गुणात्मक अनुसन्धान ढाँचामा आधारित यस लेखमा वर्णनात्मक एवम ् विश्लेषणात्मक विधिको प्रयोग गरी पुस्तकालयीय अध्ययन प्रक्रियाका माध्यमबाट आवश्यक सामग्री सङ ् कलन गरिएको छ । पेसागत विकास राम्रो, उत्कृष्ट र विशेषज्ञ शिक्षक बन्ने प्रक्रिया हो । यसका लागि मूलतः नीति निर्माण गर्ने जिम्मेवारी सरकारको र प्रभावकारी कार्यान्वयनको लागि उपयुक्त वातावरण निर्माण गर्ने, समन्वय र सहजीकरण गर्ने जिम्मेवारी
शैक्षिक संस्थाको हुन्छ भने आवश्यक सक्षमता हासिल गरेर सफल कार्यान्वयन गर्ने जिम्मेवारी शिक्षकको हुन्छ । सम्बन्धित विषयवस्तु, शिक्षणका तौरतरिका, सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन, स ू चना तथा प्रविधिको गहन र अद्यावधिक ज्ञान, सिकारुको ज्ञान, पेसागत आचार संहिता, निरन्तर अध्ययन, अनुसन्धान, लेखन तथा प्रकाशन, प्राप्त ज्ञानको इमान्दार प्रयोग शिक्षकको व्यक्तिगत जिम्मेवारी अन्तर्गत पर्दछन ् । प्रस्तुत लेखमा पेसागत उन्नयनका लागि शिक्षक सक्षमता र त्यसको जिम्मेवार पक्षका सन्दर्भमा भाषा शिक्षकका व्यक्तिगत जिम्मेवारीहरूको चर्चा गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Siddhajyoti Education Campus, Phosretar, Sindhuli