इरफान अली कथाको सबाल्टर्न विश्लेषण

Authors

  • टीकाराम नेपाल

DOI:

https://doi.org/10.3126/shantij.v4i1.70588

Keywords:

अधीनस्थ, उत्तरआधुनिकतावादी, नवमाक्र्सवाद, प्रभुत्वशाली, सबाल्टर्न, हेजेमोनी

Abstract

प्रस्तुत लेखमा नारायण ढकालको ‘इरफान अली’ कथालाई सबाल्टर्न अध्ययनका दृष्टिले विश्लेषण गरिएको छ । सबाल्टर्न शब्दले सामान्यतः वर्ग, लिङ्ग, जाति, उमेर, भाषा, कार्यगत दर्जालगायत हरेक हिसाबले विभेद गरिएका, शोषण र उत्पीडनको सिकार भएका व्यक्ति वा समुदायलाई जनाउने गर्दछ । प्रस्तुत कथाको मुख्य पात्र इरफान अली मूलत M जातीय, भाषिक र आर्थिक रूपले सबाल्टर्न बन्न पुगेको तथ्यलाई यस आलेखमा विभिन्न साक्ष्यमार्फत प्रस्तुत गरिएको छ । जातीय, भाषिक, वर्गीय जस्ता आधारबाट सबाल्टर्न बन्नुपरेको स्थितिलाई देखाउँदै राज्यसत्ताको चरम दमन र शोषणविरुद्ध सबाल्टर्नवर्ग एकजुट हुनुपर्छ भन्ने विचार कथामा आएको छ । जातीय, भाषिक तथा आर्थिक दृष्टिबाट ‘इरफान अली’ कथा कसरी सबाल्र्टनमैत्री बन्न पुगेको छ भन्ने समस्यामा केन्द्रित रहेको प्रस्तुत लेखमा पुस्तकालयीय कार्यका आधारमा सामग्री सङ्कलन गरिएको छ । नारायण ढकालको ‘इरफान अली’ कथालाई आधार सामग्री र सबाल्टर्न सिद्धान्त तथा पूर्वकार्यसँग सम्बन्धित सामग्रीलाई द्वितीयक स्रोतका सामग्रीका रूपमा ग्रहण गरिएको यस लेखमा गुणात्मक पद्धति अपनाई विषयवस्तु विश्लेषणविधि प्रयोग गरिएको छ । सबाल्टर्न वर्गको पहिचानलाई शिरोपर गर्दै उनीहरूका आवाजलाई सशक्त रूपमा उठाएकाले प्रस्तुत कथा सबाल्टर्नमैत्री रहेको निष्कर्ष यस लेखको रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
95
pdf
29

Downloads

Published

2024-10-10

How to Cite

नेपाल ट. (2024). इरफान अली कथाको सबाल्टर्न विश्लेषण. Shanti Journal, 4(1), 160–167. https://doi.org/10.3126/shantij.v4i1.70588

Issue

Section

Articles