लघुकथामा मानकको धर्को
DOI:
https://doi.org/10.3126/shaheedsmriti.v13i10.76821Keywords:
लघुकथामा मानक, सार्वकालिकता र जीवन्तता, लघुकथामा झिल्काहरु, एकोन्मुखताको उपयोग, लघुकथाका व्यवस्थापनAbstract
प्रस्तुत लेखमा आख्यान विधाको महत्वपूर्ण प्रविधा लघुकथासँग सम्बन्धित रही लघुकथामा मानकको निर्धारण सम्बन्धी अवधारणाको अध्ययन गरिएको छ । यो लघु आलेख लघुकथामा मानकको अभियानलाई सघाउ पुगोस् भन्ने मुख्य उद्देश्यले तयार पारिएको हो । यस्तै यसमा लघुकथा प्रविधाका लेखकहरुलाई लेखनको स्तरीयतातर्फ उन्मुख गराउनुलाई पनि यो आलेखको उद्देश्य बनाइएको छ । यसमा लेखनको जीवन्तता, मानक र यसका उपादेयताबारे उल्लेख गर्दै लघुकथालाई मानक बनाउने उपकरणहरुको चर्चा गरी निष्कर्ष समेत निकालिएको छ । यो गुणात्मक अध्ययन विधिमा आधारित रही गरिएको अध्ययन हो । यस आलेखमा पुस्तकालयीय अध्ययन सामग्रीलाई उपयोगमा ल्याइएको छ । यसैले यो अध्ययनमा पुस्तकालयीय विधि आकर्षित छ भन्न सकिन्छ । अध्ययनमा कतिपय विद्वान्हरुका अभिमतलाई पनि समावेश गरिएको छ । यसमा आवश्यकताअनुसार वर्णनात्मक र विश्लेषात्मक पद्धतिलाई उपयोगमा ल्याइएको छ । लघुकथामा स्तरीयताको सवालबारे बुझ्न चाहनेहरु, लघुकथाका लेखकहरु, लघुकथाको समीक्षामा सक्रिय हुनेहरुका लागि समेत यो लेख उपयोगी हुने अपेक्षा गरिएको छ ।