नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम

Authors

  • Keshab Bhusal Tribhuvan University, Central Department of Education, Kirtipur, Kathmandu

DOI:

https://doi.org/10.3126/shaheedsmriti.v11i8.76667

Keywords:

व्याकरण, व्याकरण शिक्षण, नेपाली व्याकरणको विकासक्रम, नेपाली व्याकरण शिक्षणको विकासक्रम

Abstract

प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका छन् । प्रस्तुत अध्ययन गुणात्मक ढाँचामा आधारित रहेको छ । यस अध्ययनमा ऐतिहासिक तथा वर्णनात्मक विधिको प्रयोग गरिएको छ । यसमा नेपाली व्याकरणसँग सम्बन्धित सैद्धान्तिक ग्रन्थहरूलाई प्राथमिक स्रोतीय सामग्रीका रूपमा उपयोग गरिएको छ भने नेपाली व्याकरण र यसको शिक्षणसम्बद्ध लेख रचना तथा अन्य सामग्रीहरूलाई द्वितीयक स्रोतीय सामग्रीका रूपमा प्रयोग गरिएको छ । प्रस्तुत अध्ययनमा प्राप्त तथ्यलाई मुख्यतः दुई ओटा शीर्षकमा विभक्त गरी व्याख्या, विश्लेषण गरिएको छ । यस क्रममा नेपाली व्याकरण निर्माणको विकासक्रम र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गरिएको छ । यस अध्ययनमा व्याख्या विश्लेषणलाई प्रभावकारी तुल्याउन आवश्यकतानुसार उदाहरणहरूसमेत प्रस्तुत गरिएको छ । प्रस्तुत अध्ययनका आधारमा नेपाली व्याकरण निर्माणको विकासक्रमलाई पृष्ठभूमि काल, निर्माण काल, विकास काल र आधुनिक काल गरी चार कालखण्डमा वर्गीकरण गर्न सकिने देखिएको छ । यसको पृष्ठभूमि काल वि. सं. १८२८ देखि १८७६ सम्म, निर्माण काल वि.सं. १८७७ देखि १९६८ सम्म, विकास काल वि.सं. १९६९ देखि २०२७ सम्म र आधुनिक काल वि.सं. २०२८ देखि हालसम्म रहेको देखिन्छ । त्यसैगरी नेपाली व्याकरण शिक्षणको विकासक्रमलाई प्राथमिक काल, माध्यमिक काल र आधुनिक काल गरी तीन भागमा वर्गीकरण गर्न सकिने देखिएको छ । यसको प्राथमिक काल नेपाली भाषाशिक्षणको सुरुवातदेखि २०२७ सालसम्म, माध्यमिक काल वि. सं.२०२८ देखि २०४८ सम्म र आधुनिक काल वि.सं. २०४९ देखि हालसम्म कायम रहेको देखिन्छ । नेपाली व्याकरण र व्याकरण शिक्षणमा आधरित प्रस्तुत अध्ययनले यस क्षेत्रमा रुचि राख्ने वा अध्ययन, अनुसन्धान गर्न चाहनेहरूका लागि आवश्यकीय जानकारी प्रदान गर्ने अपेक्षा राखिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
12
PDF
8

Downloads

Published

2022-12-31

How to Cite

Bhusal, K. (2022). नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम. Shaheed Smriti Journal, 11(8), 85–96. https://doi.org/10.3126/shaheedsmriti.v11i8.76667

Issue

Section

Articles