लघुकथास“ग अन्य विधाप्रविधाका सम्बन्ध र असम्बन्ध
DOI:
https://doi.org/10.3126/shaheedsmriti.v11i8.76666Keywords:
विधाप्रविधा, लक्षभेदनको साधना, धारिलो व्यङ्ग्यचेतना, अन्तर्घुलनAbstract
प्रस्तुत लेख विभिन्न विधा र प्रविधासँग लघुकथाको सम्बन्ध असम्बन्ध सम्बन्धी अध्ययनमा आधारित छ । यस लेखमा आख्यानका तीन प्रविधा उपन्यास, कथा र लघुकथाको तुलनात्मक अध्ययन गर्दै यी तीन वटै प्रविधाहरू एक आपसमा समान जस्तो लागे पनि यी स्वतन्त्र छन् भन्ने निष्कर्ष निकालिएको छ । यसका अतिरिक्त यसमा चुट्किला, मुक्तक, लामा कविता, महाकाव्य, खण्डकाव्य, नाटक, निबन्ध आदि विधा प्रविधासँग लघुकथाको तुलनात्मक अध्ययन पनि गरिएको छ । लघुकथाको कुनै विधा वा प्रविधासँग निकट, कुनैसँग निकटतम र कुनैसँग दूरवर्ती सम्बन्ध स्थापित हुन सक्ने आधारलाई यस अध्ययनमा केलाइएको छ । यस्तै यसमा लघुकथासँग कविता, निबन्ध र नाटकको अन्तर्घुलनको अवस्थालाई दिग्दर्शन गरिएको छ । यसमा मूलतः पुस्तकालय विधिको उपयोग भएको छ । वर्णनात्मक र विश्लेषणात्मक विधिको समेत यसमा प्रयोग गरिएको छ । यस आलेखको मूलभूत उद्येश्य लघुकथासँग अन्य विधाप्रविधाको सम्बन्ध केलाउँदै साहित्यमा लघुकथाको स्थान निर्धारण गर्नु र लघुकथाको लेखन शिल्पको बोध गराउनु रहेको छ । लघुकथाको विभिन्न विधाप्रविधासँगको सम्बन्ध असम्बन्ध बारे जानकारी लिन चाहनेहरूका लागि यो अध्ययन उपयोगी हुने अपेक्षा गरिएको छ ।