’राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन
DOI:
https://doi.org/10.3126/shaheedsmriti.v11i8.76665Keywords:
साहित्यको समाजशास्त्र, प्रजाति, मूल आदर्शका चिन्ह, प्रजातिगत पहिचान, प्रजातिगत सम्बन्धAbstract
प्रस्तुत आलेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘‘राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन गरिएको छ । साहित्यका समाजशास्त्री टेनका प्रजाति, क्षण र परिवेश मान्यतामध्ये प्रस्तुत आलेखमा ‘‘राइटरबाजे’ कथामा प्रजातिपरक मान्यता अन्तर्गत प्रजातिगत पहिचान, प्रजातिगत सम्बन्ध र प्रजातिगत प्रभावका अवस्थाहरूको खोजी गरी विश्लेषण गर्ने उद्देश्य राखिएको छ । यसमा कथाको विश्लेषण गर्दा टेनका प्रजातिगत मान्यतालाई मुख्य आधार बनाइएको छ । ‘‘राइटरबाजे’ कथामा प्रजातिपरक अवस्थाहरूको खोजि गर्ने क्रममा प्रजातिगत पहिचान, प्रजातिगत सम्बन्ध र प्रजातिगत प्रभाव उपशीर्षक दिएर विश्लेषण गरिएको छ । यस विश्लेषणमा ‘‘राइटरबाजे’ कथाका मुख्य चरित्र राइटरबाजे र भोटिनीमा आर्य र मङ्गोल प्रजातिगत पहिचानको पुष्टि भएको देखाइएको छ भने अन्तर्जातीय सम्बन्ध र प्रभावबाट विकसित मानसिक तथा शारीरिक समर्पणबाट प्राप्त हुने सन्तुष्टिमा प्रेमको उच्च आर्दश स्वरूप प्राप्त हुने निष्कर्ष निकालिएको छ । कोइरालाका कथामा प्रजातिपरक अध्ययन त्यति नभएको परिस्थितिमा टेनको प्रजातिगत मान्यताका आडमा यो आलेखन गरिएकाले साहित्यको समाजशास्त्रीय मान्यताका कसीमा कोइरालाका कथाको अध्ययन र विश्लेषण गर्न चाहने जो कसैलाई यो आलेख उपयोगी बन्न सक्ने अपेक्षा गरिएको छ ।