भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग

Authors

  • Om Kumar Acharya Shaheed Smriti Multiple Campus, Chitwan, Nepal.

DOI:

https://doi.org/10.3126/shaheedsmriti.v10i7.76624

Keywords:

भाषा शिक्षण, शिक्षण सामग्री, श्रव्य सामग्री, दृश्य सामग्री, श्रव्य– दृश्य सामग्री, मौखिक सामग्री

Abstract

प्रस्तुत लेख भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग शीर्षकमा आधारित छ । यस अन्तर्गत शिक्षण सामग्रीको परिचय, भाषाशिक्षणमा शिक्षण सामग्री, भाषा शिक्षणमा शिक्षण सामग्रीको उपयोगिता, भाषाशिक्षणमा प्रयोग गर्न सकिने सामग्री, तिनको प्रयोग र निर्माण तरिका, शिक्षण सामग्रीका प्रकार, मौखिक सामग्री, दृश्य सामग्री, श्रव्यदृश्य सामग्री, स्पर्श सामग्री आदिको विस्तृत चर्चा गरिएको छ । भाषाशिक्षणमा सामग्री भन्नाले के बुझिन्छ ? भाषाशिक्षणमा शिक्षण सामग्रीको के कस्तो उपयोगिता रहेको छ ? भाषाशिक्षणमा के कस्ता शिक्षण सामग्री प्रयोग गर्न सकिन्छ ? र त्यस्ता सामग्रीलाई के कसरी वर्गीकरण गर्न सकिन्छ ? तिनको प्रयोग के कसरी कहाँ कस्तो अवस्थाा गर्न सकिन्छ ? भाषाशिक्षणमा प्रयोग गरिने शिक्षण सामग्रीको निर्माण कसरी गर्न सकिन्छ ? भनी खोजीनिधी गरी प्रस्तुत गर्नु यस लेखको प्रमुख उद्देश्य रहेको छ । प्रस्तुत लेखमा भाषाशिक्षणमा प्रयोग हुने शिक्षण सामग्रीको चिनारी, भाषा शिक्षणमा तिनको उपयोगिता, भाषा शिक्षणमा प्रयोग हुने शिक्षण सामग्री तिनको प्रयोग क्षेत्र र निर्माण प्रक्रिया र ती शिक्षण सामग्रीहरूको वर्गीकरणलाई अत्यन्तै सूक्ष्म रूपमा व्याख्या विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययन गुणात्मक अनुसन्धानमा आधारित रहेको छ । यस अध्ययनका क्रममा सामग्री सङ्कलनमा पुस्तकालय विधिको उपयोग गरी सामग्री सङ्कलन गरिएको छ र सामग्रीहरू द्वितीयक स्रोतका सामग्री उपयोग गरिएको छ । यस अध्ययनबाट भाषाशिक्षणमा शिक्षण सामग्रीको महत्वको बारेमा जानकारी प्राप्त भएको छ । प्रस्तुत अध्ययनबाट भाषा शिक्षण र शिक्षण सामग्रीको सम्बन्ध, उपयोगिता, प्रकार, प्रयोग र निर्माण प्रक्रियाका बारेमा अध्ययन गर्न चाहने शिक्षक, विद्यार्थी, अनुसन्धाता र प्रत्यक्ष अप्रत्यक्ष रूपमा यसको बारेमा जानकारी लिन चाहने जो कोहीलाई पनि सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
8
PDF
8

Downloads

Published

2021-12-31

How to Cite

Acharya, O. K. (2021). भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग. Shaheed Smriti Journal, 10(7), 51–63. https://doi.org/10.3126/shaheedsmriti.v10i7.76624

Issue

Section

Articles