भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली

Authors

  • Keshab Bhusal त्रिभुवन विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/shaheedsmriti.v10i7.76623

Keywords:

भाषाशिक्षण, पारिभाषिक शब्दवली, वर्णानुक्रम

Abstract

प्रस्तुत लेख भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावलीको अध्ययन विश्लेषणमा आधारित रहेको छ । यस लेखअन्तर्गत नेपाली भाषाशिक्षणमा प्रयोग प्रचलनमा रहेका पारिभाषिक शब्दावलीहरूको समीक्षण गरिएको छ । प्रस्तुत अध्ययनका उद्देश्यका रूपमा भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावलीहरूको सङ्कलन गर्नु सङ्कलित शब्दावलीहरूलाई वर्णानुक्रममा प्रस्तुत गर्नु, पारिभाषिक शब्दावलीहरूको प्रकृति पत्ता लगाउनु र तिनको प्रयोगगत अवस्था अध्ययन गर्नु रहेका छन् । प्रस्तुत अध्ययन मिश्रित अनुसन्धानमा आधारित रहेको छ । यस अध्ययनमा मूलतः गुणात्मक अनुसन्धान र अंशतः परिमाणात्मक विधिको अवलम्बन गरिएको छ । प्रस्तुत अध्ययनमा पुस्तकालयीय अध्ययन विधिका माध्यमबाट सोद्देश्यमूलक तरिकाले सामग्रीहरूको सङ्कलन गरिएको छ । यस अध्ययनमा भाषाशिक्षणसँग सम्बन्धित पाठ्यपुस्तकहरूलाई प्राथमिक सामग्रीको रूपमा लिई अध्ययन गरिएको छ । यस क्रममा प्रवीणता प्रमाणपत्र तहदेखि स्नातकोत्तर तहसम्मका लागि लेखिएका भाषाशिक्षणका पाठ्यपुस्तकहरूलाई नै विशेष आधार बनाइएको छ । प्रस्तुत अध्ययनमा नेपाली, अंग्रेजी र हिन्दी सैद्धान्तिक सामग्रीहरूको अध्ययन गरी आवश्यक सैद्धान्तिक दृष्टिकोणको विकास गरिएको छ र त्यसका आधारमा उद्देश्यसम्बद्ध विविध पक्षहरूको विश्लेषण गरिएको छ । यस अध्ययनका आधारमा भाषाशिक्षणमा व्याकरण, भाषाविज्ञान र साहित्यसँग सम्बन्धित विभिन्न पारिभाषिक शब्दावलीको प्रयोग व्यवहार हुने गरेको, अनेकाक्षरी एवम् संज्ञामूलक शब्दहरूको अधिक प्रयोग हुने गरेको, तत्सम र आगन्तुक पारिभाषिक शब्दहरूको प्रयोग ज्यादा हुने गरेको लगायतका नवीनतम् तथ्य प्राप्त भएका छन् । प्रस्तुत अध्ययनले भाषाशिक्षणको क्षेत्रमा कार्यरत वा कार्य गर्न चाहने शिक्षक, विद्यार्थी, शोधार्थी, लेखक तथा विषय विशेषज्ञलाई यस क्षेत्रका पारिभाषिक शब्दावलीबारे आवश्यक कुराहरू अधिगत गर्न सघाउने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
10
PDF
10

Downloads

Published

2021-12-31

How to Cite

Bhusal, K. (2021). भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली. Shaheed Smriti Journal, 10(7), 42–50. https://doi.org/10.3126/shaheedsmriti.v10i7.76623

Issue

Section

Articles