लघुकथामा अन्त्य व्यवस्थापन

Authors

  • Laxman Aryal शहीद स्मृति बहुमुखी क्याम्पस, रत्ननगर, चितवन

DOI:

https://doi.org/10.3126/shaheedsmriti.v10i7.76621

Keywords:

लघुकथाका अङ्ग, अन्त्य व्यवस्थापन, बन्द अन्त्य, खुला अन्त्य, समस्याको रोपण, द्वन्द्ववीजको सङ्केतन र वीजाङ्कुरण, उत्कर्ष, पटाक्षेप

Abstract

यो आलेख लघुकथाको व्यवस्थापन पक्षसित सम्बन्धित छ । यसमा लघुकथाको आदि, मध्य र अन्त्य भागको व्यवस्थापन पक्षलाई केलाउँदै लघुकथामा अन्त्य व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा अध्ययन विश्लेषण गरिएको छ । लघुकथामा अन्त्य व्यवस्थापन चुनौतीको कुरा हो । धेरै धेरै पुराना र नयाँ लेखकहरूमा पनि यसको व्यवस्थापन पक्षले सधैं प्रश्न मात्र लिएर आएको देखिन्छ । धेरैजसो लघुकथाकार अन्त्य व्यवस्थापनमा आएर नराम्रोसँग चुकेका छन् । यसलाई व्यवस्थित गर्ने उद्देश्यले यो लेख लेखिएको हो । यहाँ आदि, मध्य र अन्त्य भागको प्रभावकारितालाई उदाहरणसहित देखाइएको छ । यसमा उद्देश्यपुष्टिका लागि सरुभक्त लिखित प्रेम, विनय कसजु लिखित अपरेसनको साइत र खेमराज पोखरेल लिखित सिमानामा आमा लघुकथालाई उपयोग गरिएको छ । यस अध्ययनमा मूलतः पुस्तकालयीय विधिको उपयोग गरिएको छ । वर्णनात्मक र विश्लेषणात्मक विधिको समेत यसमा प्रयोग गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
15
PDF
11

Downloads

Published

2021-12-31

How to Cite

Aryal, L. (2021). लघुकथामा अन्त्य व्यवस्थापन. Shaheed Smriti Journal, 10(7), 33–41. https://doi.org/10.3126/shaheedsmriti.v10i7.76621

Issue

Section

Articles