भुन्टीको भविष्य कथाको समाजशास्त्र

Authors

  • रेखा रेग्मी Tribhuvan University, Nepal
  • निर्मला ढकाल Tribhuvan University, Nepal

DOI:

https://doi.org/10.3126/sahayaatra.v7i1.66220

Keywords:

उत्पत्तिमूलक संरचनावाद, प्रभुत्वशाली संस्कृति, परावैयक्तिक चेतना, सामाजिक संरचना, विचारधारा

Abstract

प्रस्तुत लेख भुन्टीको भविष्य कथाको विश्लेषण मीमांसावादी चिन्तक लुसिएँ गोल्डम्यानद्वारा साहित्यको समाजशास्त्रीय अध्ययनमा आधारित छ । यो लेख गुणात्मक अनुसन्धान पद्धतिमा आधारित छ । यस लेखको सैद्धान्तसक अधार गोल्डम्यानको उत्पत्तिमूलक संरचनावादअन्तर्गत पर्ने विश्वदृष्टिसँग सम्बन्धित छ । लुसिएँ गोल्डम्यानले मार्क्सवादको वर्गसङ्घर्ष र वर्गचेतनासम्बन्धी मान्यतामा फरक दृष्टि राख्दै साहित्यसम्बन्धी चिन्तनलाई समाजशास्त्रीय रूप दिने काम गरेका छन् । समाजमा फरक फरक दृष्टिकोण र संस्कृति अँगालेका वर्ग र समुदाय हुन्छन् । त्यस्ता वर्ग र सुमदायको एउटा निश्चित दृष्टिकोण र मान्यता हुन्छ । उनीहरूको आफ्नै संस्कृति र विचारधारा हुन्छ । त्यही दृष्टिकोण, मान्यता वा विचारधारालाई त्यस वर्गको विश्वदृष्टि भनिन्छ । यस कथामा दलाल र तस्करको प्रभावमा परी राज्यले सामाजिक व्यवस्था, सुशासन, विधिको शासन र कानुनी राज्यको प्रत्याभूतिका नाममा प्रायोजित र आततायी ढङ्गले सञ्चालन गर्ने नरसंहार तथा त्यसले सिर्जना गर्ने आतङ्क र संत्रासमय वातावरणमा ज्यान जोगाएका आमबालबालिकाको अनिश्चित, अनिर्णित,  भयावह र कारूणिक परिस्थितिलाई विश्वदृष्टिका रूपमा प्रस्तुत गरिएको छ । यस कथामा आफ्नो कुनै पहिचान र विशिष्ट जीवनचेतना नभएका समुदायको पहिचान र वासस्थान दुवै नेपालका नक्सामा नरहेको वस्तुताप्रति आक्रोशित र प्रतिरोधात्मक विश्वदृष्टिको प्रस्तुतिसहित राज्यको दमनका कारण विस्थापित बनेका निरिह बालबालिकाको अन्योलग्रस्त भविष्यप्रति लक्ष्यित परिधीय विश्वदृष्टि पनि कथामा आएको विषयको विमर्शमा केन्द्रित छ ।

Downloads

Download data is not yet available.
Abstract
81
PDF
34

Author Biography

रेखा रेग्मी, Tribhuvan University, Nepal

उपप्राध्यापक, नेपाली विभाग, म्याग्दी बहुमुखी क्याम्पस बेनी ।

Downloads

Published

2024-06-10

How to Cite

रेग्मी र., & ढकाल न. (2024). भुन्टीको भविष्य कथाको समाजशास्त्र. Sahayaatra सहयात्रा, 7(1), 101–109. https://doi.org/10.3126/sahayaatra.v7i1.66220

Issue

Section

Research Article