क्यानभास कथामा विधाभञ्जन

Authors

  • मनमाया पोख्रेल नेपाली विभाग, पद्मकन्या बहुमुखी क्याम्पस, त्रि.वि

DOI:

https://doi.org/10.3126/rjpkmc.v3i1.71899

Keywords:

क्यानभास, प्रयोगशील, विधाभञ्जन, विधामिश्रण, विनिर्माण

Abstract

प्रस्तुत लेखमा विनिर्माण सिद्धान्तका विभिन्न प्रक्रियामध्ये विधाभञ्जनका आधारमा लव गाँउलेद्वारा लिखित क्यानभास कथाको विश्लेषण गरिएको छ । विवेच्य कथामा नाटक र निबन्धका प्रमुख तत्वहरूको उपस्थिति भएकाले तिनै विधाका सिद्धान्तका आधारमा कथाको विश्लेषण गरिएका कारण यो अध्ययन गुणत्मक प्रकृतिको रहेको छ । यस कथामा नाटक र निबन्धका तत्वहरूको प्रयोग भएकाले एकातिर कथाको परम्परागत संरचनात्मक स्वरूप भत्किएको छ भने अर्कातिर कथामा अन्य विधाको मिश्रण भएको छ । त्यसैले यस लेखमा नाटकका तत्वहरू संवाद, द्वन्द्व र दृश्यविधान तथा निबन्धका तत्वहरू वैचारिकता, तार्किकता र निजात्मकताको सामान्य परिचय दिँदै तिनका आधारमा कथाको विश्लेषण गरिएको छ । यस कथामा पात्रहरू बिचको संवाद प्रत्यक्ष रूपमा प्रस्तुत गरिएको छ र त्यसैबाट कथाको घटनालाई अगाडि बढाइएको छ । विवेच्य कथामा पात्रहरूबिच वैचारिक द्वन्द्व प्रस्तुत गरिनुका साथै दृश्यपरिवर्तनको स्थिति पनि नाटकअनुरूप नै गरिएको छ जसबाट कथाको विधाभञ्जन भई यसले नाटकको स्वरूप ग्रहण गरेको छ । त्यसैगरी कथामा पात्रहरूका वैचारिक दृष्टिकोण प्रस्तुत गरिनुका साथै तिनले समाज परिवर्तनसम्बन्धी आफ्ना विचारहरू ठीक हुन् भन्ने पुष्टि गर्न तर्क र बहस गरेका छन् । यस कथामा कथाकारका जीवनजगत्सम्बन्धी निजी अनुभव र अनुभूतिहरू प्रस्तुत गरी नैतिकता र मानवीय आचरणसम्बन्धी विचारहरू प्रस्तुत गरिएको छ । यिनै विभिन्न आधारमा यस कथाले निबन्धको स्वरूपसमेत ग्रहण गरेको छ । अतः विवेच्य कथा नाटक र निबन्धमा विधाभञ्जन हुन पुगेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
33
PDF
31

Author Biography

मनमाया पोख्रेल, नेपाली विभाग, पद्मकन्या बहुमुखी क्याम्पस, त्रि.वि

उपप्राध्यापक

Downloads

Published

2024-11-22

How to Cite

पोख्रेल म. (2024). क्यानभास कथामा विधाभञ्जन. Research Journal of Padmakanya Multiple Campus, 3(1), 53–59. https://doi.org/10.3126/rjpkmc.v3i1.71899

Issue

Section

Articles