स्थानीय तह र ग्रामीण पर्यटन
DOI:
https://doi.org/10.3126/ps.v23i1.77532Keywords:
ग्रामीण पर्यटन, दिगो विकास, सम्पदास्थल, स्थानीय तहAbstract
नेपालका सन्दर्भमा पर्यटन उद्योग उज्ज्वल भविश्यको बलियो संभावना बोकेको क्षेत्र हो । । पछिल्ला वर्षहरूमा सहरी पर्यटन, जलयात्रा एवम् पदयात्राका अलावा ग्रामीण पर्यटन पनि बिस्तारै मौलाउँदै गएको छ । ग्रामीण पर्यटनको अवधारणा, ग्रामीण पर्यटनले सामाजिक तथा आर्थिक विकासमा पु¥याउन सक्ने योगदान एवम् स्थानीय तहमा ग्रामीण पर्यटनको महत्त्व, संभावना र चुनौतीका बारेमा अध्ययन गर्ने उद्देश्यसहित यो लेख तयार गरिएको छ । ग्रामीण क्षेत्रमा आयआर्जनको दिगो र वैकल्पिक स्रोतका रूपमा ग्रामीण पर्यटन स्थापित हुन सक्ने देखिन्छ । ग्रामीण पर्यटनको व्यवस्थित विकास र विस्तार हुन सक्ने हो भने ग्रामीणवासी समुदायको जीवनस्तरमा पनि सुधार ल्याउन सकिने संभावना रहेको छ । ग्रामीण पर्यटन प्रवद्र्धनका लागि स्थानीय तहमा आवश्यक पूर्वाधार निर्माणको कमी, पर्यटकीय स्थलहरूको पहिचान र प्रचारप्रसारमा कमीजस्ता अनेकौँ खालका समस्या तथा चुनौतीहरू पनि रहेका छन् । स्थानीय तहमा विद्यमान धार्मिक, पौराणिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक महत्त्व बोकेका सम्पदास्थलहरूको प्रचारप्रसार तथा संरक्षण हुन सकेमा यसले ग्रामीण पर्यटनलाई टेवा पुग्न सक्ने देखिन्छ । विभिन्न पुस्तक र प्रकाशित लेख रचनाहरुबाट सङ्कलित सूचना तथा स्रोत प्रयोग गरी पुस्तकालयीय अध्ययन विधिका आधारमा वर्णनात्मक, विश्लेषणात्मक एवम् विवरणात्मक शैलीबाट यो लेख तयार गरिएको छ । ग्रामीण क्षेत्रमा रहेका प्राकृतिक तथा सांस्कृतिक सम्पत्ति र सम्पदास्थलहरुको उपयोग गर्न सक्ने हो भने पर्यटन विकासको बलियो संभावना स्थानीय तहमा रहेको छ । नेपाली समाजका मौलिक संस्कृति तथा परम्परा ग्रामीण पर्यटनका बलिया आधार हुनसक्ने देखिन्छन् ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.