लमजुङ जिल्लामा प्रचलित ठाडो भाका लोकगीतसँग समाज र संस्कृति
DOI:
https://doi.org/10.3126/ps.v23i1.77517Keywords:
झ्याउरे छन्द, रोधी, लोकगीतAbstract
प्रस्तुत लेख लमजुङ जिल्लामा प्रचलित ठाडो भाका लोकगीतसँग समाज र संस्कृति शीर्षकमा सम्बन्धित रहेको छ । ठाडो भाका लोकगीत लोकगीतको एउटा प्रकार वा शैली हो । यसै गीतसँग समाज र संस्कृतिलाई यस अध्ययनको सन्दर्भमा प्रष्ट पारिएको छ । यस गीतलाई गुरुङ समुदायमा भने रोधीका नामबाट चिनिन्छ । यस गीतमा नृत्यसमेत रहने भएकोले जातिगत रूपमा दुरा, कुमाल, बाहुन, दमाई, सार्की, कामी, क्षेत्री, मगर लगायतका समुदायमा प्रचलित रहेको पाइन्छ । क्षेत्रगत रूपमा पनि यो गीत लमजुङ, गोरखा, कास्की, बाग्लुङ, तनहुँ, म्याग्दी, सुदुर पश्चिम, कर्णाली क्षेत्रलगायत स्थानमा पनि प्रचलित देखिन्छ । यस गीतको नाम र प्रस्तुतिगत शैली ठाउँअनुसार विभिन्न रहेका पाइन्छन् । यस गीतसँग समाज र संस्कृतिको सम्बन्ध कस्तो छ र यस गीतको प्रस्तुति कसरी गरिन्छ भन्ने समस्याको समाधानमा रहेको यस लेखमा ठाडो भाका लोकगीतलाई कुनै एक जाति, कुनै एक वर्ग समुदाले मात्र होइन यसको संरक्षण र विकासका लागि सबै लाग्नुपर्ने देखिन्छ । समाज र संस्कृतिबिना यस गीतको अस्तित्त्व नरहने भएकोले यस गीतको मुख्य स्रोत समाज हो । समाज र संस्कृतिबिना अपुरो मानिने यस गीतलाई क्षेत्रकार्यबाट सङ्कलित सामग्रीका आधारमा यस लेखमा यस गीतसँग समाज र संस्कृतिको बारेमा गीतसहित प्रस्तुत गरिने परम्परित संस्कार र संस्कृति पहिचान गर्ने हुनाले लमजुङ जिल्लाको सामाजिक र सांस्कृतिक पक्ष, लमजुङ जिल्लाको भौगोलिक अवस्था, लमजुङ जिल्लाको प्रसिद्ध स्थान, जाति, धर्म, संस्कृति र चाडपर्व, लमजुङ जिल्लामा लगाइने खेतीपाती, फलफूल, पशुपालन जस्ता पक्षका आधारमा विश्लेषण गरिएको छ । लमजुङ जिल्लाको पहिचान अन्य विषय र विधाबाट भए पनि ठाडो भाका लोकगीतको माध्यमबाट भने यस सम्बन्धि कुनै पनि कार्य नभएको पाइन्छ । यही शोधमूलक अध्ययनको रिक्तता परिपूर्तिका लागि विषयवस्तु विश्लेषण विधिमा आधारित भई यो अध्ययन गरिएको छ । लमजुङ जिल्लामा प्रचलित ठाडो भाका लोकगीतको सम्बन्ध यस जिल्लाका विभिन्न स्थान, संस्कार, संस्कृति, परम्परा, धर्म, आदिका दृष्टिले पनि अध्ययनीय हुन्छ भन्ने सत्यलाई देखाउनु नै यस अध्ययनको निष्कर्ष रहेको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.