बागलुङको पत्रकारिताको विवरणात्मक इतिहास
DOI:
https://doi.org/10.3126/ps.v23i1.77513Keywords:
अनुसन्धानमूलक पत्रिका, नयाँ माध्यम, पाक्षिक, हस्तलेखन, सामुदायिक रेडियोAbstract
प्रस्तुत लेख बागलुङको पत्रकारिताको विवरणात्मक इतिहासको अभिलेखनसँग सम्बन्धित रहेको छ । यो जिल्लाको पत्रकारिता वि. सं. २००८ मा हातले लेखेर प्रकाशित भएको ‘सही बाटो’ समाचार पत्रबाट सुरु भएर अनलाइनसम्म विकास भएको छ । २०२० को दशकबाट पत्रकारिता मुद्रण युगमा प्रवेश ग¥यो । मुद्रणमा प्रवेश भए पछि समाचार पत्रका पाक्षिक, साप्ताहिक, अर्धसाप्ताहिक, दैनिक स्वरूप पनि देखा परेको पाइन्छ । यो जिल्लामा साहित्यिक पत्रकारिताको स्थापित परम्परा छ । यहाँको साहित्यिक पत्रकारिता पनि साहित्यिक र अनुसन्धानमूलक दुई धारमा विकसित छ । साहित्यिक पत्रकारिता व्यक्तिगत प्रयत्न र समपर्णमा आधारित छ भने अनुसन्धानमूलक पत्रकारिताको विकास संस्थागत रहेको छ । वि. सं. २०६० को दशकबाट यहाँको पत्रकारिता विद्युतीय माध्यममा प्रवेश ग¥यो । त्यसपछि रेडियो, टेलिभिजन र अनलाइन पत्रकारिताको विकास भएको पाइन्छ । आजसम्मको सत्तरी बहत्तर वर्षको पत्रकारिताको इतिहासमा मुद्रित र विद्युतीय दुवै खालको पत्रकारिताको विकास भए पनि पत्रपत्रिका प्रकाशन हुने र बन्द हुने क्रम भने यहाँको पत्रकारिताको प्रवृति बनेको छ । यो प्रवृति विद्युतीय माध्यममा पनि सल्किदोँ छ । यसो हुनाको मुख्य कारण जनशक्ति अभाव र आर्थिक समस्या नै रहेका छन् । तर बागलुङको पत्रकारिताको इतिहासमा गतिवान् नै बनेको पाइन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.