स्फोटवाद र सङ्केत सिद्धान्तको तुलना
DOI:
https://doi.org/10.3126/ps.v23i1.77512Keywords:
अपोद्धार अर्थ, प्रकरण, वाक्प्रतीक, सङ्केत, स्थितलक्षण अर्थAbstract
प्रस्तुत लेख पूर्वीय वैयाकरण भर्तृहरि (इ.पाँचौँ शताब्दी) द्वारा प्रस्तुत स्फोटवाद र आधुनिक भाषाविज्ञानका प्रवर्तक फर्डिनान्ड डि ससुर (इ.बिसौँ शताब्दी) द्वारा प्रस्तुत सङ्केत सिद्धान्तको तुलनात्मक अध्ययनमा केन्द्रित छ । यसैले यस लेखमा स्फोटवाद र सङ्केत सिद्धान्तका वैशिष्ट्य प्रस्तुत गर्नुका साथै तिनको तुलना गरी प्राप्त भएको निचोड प्रस्तुत गरिएको छ । स्फोटवाद र सङ्केत सिद्धान्त दुवैले सामान्य भाषा र काव्य भाषाको अध्ययन र विश्लेषणका लागि उपयुक्त सैद्धान्तिक आधार दिएका छन् । स्फोटवादले शब्द, अर्थ र ती दुईका बिचको सम्बन्ध तथा भाषिक सम्प्रेषण प्रक्रियाका माध्ममबाट सामान्य भाषा र काव्य भाषाको विश्लेषणका लागि उपयुक्त सैद्धान्तिक आधार दिएको छ । यसले अर्थविनाको शब्द हुँदैन तर कुन शब्दको के अर्थ हो भन्ने कुरो प्रयोगमा आधारित हुन्छ भन्दै अर्थनिर्धारणका लागि प्रकरण, देश, काल आदिलाई आधार मानेको छ । प्रकरण, देश, काल आदिका कारण एउटै शब्दले पनि अनन्त अर्थ दिन सक्छ भन्ने स्फोटवादको धारणा हो । स्फोटवादमा शब्द भनेर अर्थयुक्त भाषिक एकाइ मात्र नभई समष्टि भाषिक संरचना हो । स्फोटवादका यी मान्यताबाट उत्तरवर्ती भाषिक सिद्धान्त र ध्वनिवाद रससिद्धान्त जस्ता साहित्यिक सिद्धान्त प्रभावित भएकाले यो उपजीव्य सिद्धान्तका रूपमा रहन सफल भएको छ । यस्तै सङ्केत सिद्धान्तले पनि स्फोटवादले जस्तै सङ्केतक (शब्द), सङ्केतित (अर्थ) र ती दुईका बिचको सम्बन्ध एवम् भाषिक सम्प्रेषण प्रक्रियाका माध्यमबाट सामान्य भाषा र काव्य भाषा दुवैको विश्लेषण गर्ने सैद्धान्तिक आधार दिएको छ । यस सिद्धान्तले पनि सङ्केतक अन्तर्गत शब्द मात्र नभई समष्टि भाषिक संरचनालाई समेटेको छ । यस सिद्धान्तले सामान्य भाषा र काव्य भाषाको भिन्नता छुट्याउने आधारमा वक्ता÷लेखक र श्रोता÷पाठकको परिस्थितिगत समानता र बौद्धिक क्षमतालाई आधार बनाएको छ । सङ्केत सिद्धान्तबाट पनि रूपार्थपरक व्याकरण, व्यवस्थापरक व्याकरणलगायतका भाषिक सिद्धान्त र उत्तरसंचनावाद आदि साहित्यिक सिद्धान्त प्रभावित भएकाले यो पनि उपजीव्य सिद्धान्तका रूपमा स्थापित भएको छ । यसरी प्रस्तुत अध्ययनबाट यी दुवै सिद्धान्त सामान्य भाषा र काव्य भाषाको विश्लेषणका लागि आधारभूत सिद्धान्त र उत्तरवर्ती भाषिक र साहित्यिक सिद्धान्तका लागि उपजीव्य सिद्धान्तका रूपमा रहेका र यी दुई सिद्धान्तमध्ये पनि पूर्ववर्ती स्फोटवादबाट उत्तरवर्ती सङ्केत सिद्धान्त प्रभावित भएको मुख्य निष्कर्ष प्राप्त भएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.