प्रेमप्रसाद शर्माका कृतिमा डायस्पोरिक प्रतिबिम्ब
DOI:
https://doi.org/10.3126/ps.v23i1.77508Keywords:
आप्रवासी जीवन, डायस्पोरिक मानसिकता, नेपाली संस्कृति, प्रतिबिम्ब, विसङ्गत जीवनAbstract
प्रेमप्रसाद शर्मा पौडेल (२०११) अमेरिकाको भर्जिनिया सहरमा बसोबास गर्दै आएका आप्रवासी लेखक हुन् । उनका कथा, कविता र खण्डकाव्य गरी आठओटा कृति प्रकाशित भइसकेका छन् । हालसम्म प्रकाशित कृतिमा गद्य र पद्य कवितासङ्ग्रह तीनओटा, खण्डकाव्य दुईओटा, कथासङ्ग्रह एउटा, गीति कवितासङ्ग्रह एउटा र स्मृतिकाव्य एउटा रहेका छन् । शर्माका यिनै प्रकाशित कृतिमा उनको डायस्पोरिक चिन्तन केकसरी प्रतिबिम्बित भएको छ ? भन्ने समस्यालाई अध्ययनको मूल उद्देश्य बनाइएको छ । शर्माका यी प्रकाशित कृतिहरूको भूमिका लेखनमार्फत आफन्तजनबाट सामान्य समीक्षा भए पनि समग्र कृतिमा अभिव्यक्त उनको डायस्पोरिक प्रतिबिम्बको खोजी भएको छैन । तसर्थ यिनै प्रकाशित कृतिहरूको पुस्तकालयीय अध्ययनमा आधारित वर्णनात्मक र विश्लेषणात्मक शैलीको प्रयोग गरी यो लेख तयार गरिएको हो । सीमित अर्थमा डायस्पोरा शब्दले पहिचानविहीन मानवलाई बुझाए तापनि आजको व्यापक अर्थमा डायस्पोरा भन्नाले सुखसुविधाका लागि आफ्नो मातृभूमि छोडेर सुविधा सम्पन्न मुलुकमा बसेर पनि आफु जन्मेको ठाउँ र आफ्ना विगतका संस्कार तथा संस्कृतिप्रति चिन्तनशीन रहेको व्यक्ति भन्ने
हुन्छ । यही व्यापक अर्थलाई यस लेखमा डायस्पोरिक प्रतिबिम्बको अवधारणा बनाइएको छ । यही अवधारणाका आधारमा शर्माका डायस्पोरिक प्रतिबिम्ब झल्किने कृतिहरूको मात्र समीक्षा गरिएको छ । उनका यी प्रवृत्ति झल्किने कृतिहरूमा आफ्नो जन्मभूमि, मातृभाषा, आफन्तजन, आफ्नो संस्कार, नेपाली संस्कृति, परम्परागत पेसा, चाडपर्व र आफ्नो पहिचानप्रति अगाध माया, चिन्ता र चिन्तन प्रकट गरिएको छ । उनका प्रायः कृतिहरूमा आप्रवासी जीवन, एक्लोपन, द्विविधा, अनिश्चितता, अन्योलता, छटपटाहट र विसङ्गत जीवनको प्रतिबिम्ब झल्किन्छ । डायस्पोरिक प्रतिमानको कसीमा हेर्दा शर्माका कृतिहरू डायस्पोरिक चेतना र चिन्ता दुबैमा आधारित छन् । तसर्थ यो लेखमा लेखकीय अभिव्यक्ति डायस्पोरिक मानसिकताको प्रतिबिम्ब हो भन्ने निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.