नेेपाली कथामा तेस्रो लिङगी शरीरमाथिको राजनीति

Authors

DOI:

https://doi.org/10.3126/pragya.v13i1.71191

Keywords:

समलिङगी, जैविक लिङग, ट्रान्सजेन्डर, शक्ति सम्बन्ध

Abstract

प्रस्तुत अध्ययन समकालीन नेपाली कथामा तेस्रो लिङ्गी शरीरमाथि गरिने राजनीतिको अध्ययनमा केन्द्रित छ । शक्तिका आधारमा कुनै पनि शरीरमाथि गरिने दमन र वर्चस्वशाली व्यक्तिले कमजोर शरीरमाथि गरेको दोहनलाई शरीर राजनीति भनिन्छ । पछिल्लो समयमा तेस्रो लिङ्गीका संवेदना र भोगाइलाई विषय बनाएर कथा लेख्ने क्रम बढेको छ । अन्य शरीरभन्दा पृथक् देखिने र प्रायःजसो समाजमा अस्वीकृत जस्तो मानिने शरीरमाथि अझ बढी उपेक्षा, दमन र शोषण भएको स्थिति छ । समकालीन नेपाली साहित्यमा कथाका चरित्रका रूपमा प्रस्तुत गरिएका तेस्रो लिङ्गीका विषयले समाजको अवस्थालाई चिनाएको छ भन्ने केही तथ्य पूर्वअध्ययनमा भए पनि तिनको सूक्ष्म अध्ययन नभएको अवस्थामा यस अध्ययनले तेस्रो लिङ्गी चरित्रको फरक र सूक्ष्म अध्ययन गरेको छ । फरक शरीरमाथि गरिने अस्वीकृति र दमनको व्यवहारलाई राजनीतिका रूपमा हेर्दै यहाँ नेपाली कथाको अध्ययनका लागि पाँच वटा कथाबाट प्राथमिक सामग्री लिई शरीर राजनीतिको अध्ययन गरिएको छ । यसका लागि शरीर राजनीतिको सैद्धान्तिक आधारमा तेस्रो लिङ्गीको शारीरिक स्वरूप र शक्तिले गर्ने दमनकारी व्यवहारका पक्षबाट विश्लेषणात्मक अध्ययन गरिएको छ । यस अध्ययनमा तेस्रो लिङ्गी शरीरमाथि समाजमा गरिने विभेदकारी, दमनात्मक व्यवहार र तिनको प्रतिरोधको अवस्थालाई खोजिएको छ । सोद्देश्य छनोटमा परेका पाँचवटा कथाबाट प्राथमिक सामग्री सङ्कलन गरी शरीर राजनीतिको सैद्धान्तिक आधारबाट ती सामग्रीको विश्लेषण गरिएको छ । कथाहरूको अध्ययनबाट समाजमा तेस्रो लिङ्गी शरीरका अनेक अवस्था रहेका र ती शरीरलाई विभिन्न रूपमा दमनपूर्ण व्यवहार गरिने स्थिति रहेको र तिनका लागि लेखकले प्रतिरोधपूर्ण आवाज उठाएको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
44
PDF
35

Author Biography

रजनी काफ्ले Rajani Kafle ढकाल Dhakal, नेपाली केन्द्रीय विभाग, त्रिवि

सहप्राध्यापक

Downloads

Published

2024-11-12

How to Cite

ढकाल Dhakal र. क. R. K. (2024). नेेपाली कथामा तेस्रो लिङगी शरीरमाथिको राजनीति. Patan Pragya, 13(1), 133–144. https://doi.org/10.3126/pragya.v13i1.71191

Issue

Section

Articles