‘यात्रा लामा बगरको’ कृतिमा नियात्रा शिल्प
DOI:
https://doi.org/10.3126/pragya.v13i1.71189Keywords:
यात्राप्रदेश, यात्रीसर्जक, निजानुभूति, चित्रात्मक प्रस्तुति, प्रस्तुतीकरण पद्धतिAbstract
प्रस्तुत अध्ययन नियात्राकार कुलचन्द्र कोइरालाद्वारा रचित ‘यात्रा लामा बगरको’ शीर्षकको नियात्रा कृतिमा प्रयुक्त विषयवस्तु र त्यसलाई आस्वाद्य बनाउने प्रस्तुतीकरण पद्धतिको विमर्शसँग सम्बन्धित छ । यसमा नियात्रा सिद्धान्तलाई आधार बनाएर विवेच्य नियात्रा कृतिको सघन अध्ययनबाट प्राप्त तथ्यलाई विश्लेषण गर्दै नियात्राको अन्तर्वस्तुलाई सुन्दर बनाउने शिल्पपद्धतिको वस्तुनिष्ठ अनुशीलन गरिएको छ । नियात्राको समीक्षा गर्दा मूलतः निजात्मकता, आलङ्कारिकता, विषयवस्तुगत प्रवृत्ति र भाषाशैलीलाई प्रमुख मानदण्ड बनाइएको छ । नियात्राको विषयवस्तुमा प्रतिबिम्बित तत्कालीन नेपाल चीन बिचको मैत्रीसम्बन्ध, हिमाली भेगका दोलखा, सिन्धुपाल्चोक जस्ता जिल्लाहरूको भौगोलिक, प्राकृतिक तथा आर्थिक झलक र यात्राप्रदेशको सामाजिक जनजीवनका विविध पक्षलाई आत्मपरक शैलीमा प्रस्तुत गर्दै कथ्य र शिल्पबिचको सन्तुलनलाई प्रभावकारी बनाइएको निचोड प्रस्तुत नियात्रा कृितको विश्लेषणबाट प्राप्त भएको छ । यात्राप्रदेशको वस्तुपरक वर्णनले पाठकलाई आकर्षण नगर्ने हुनाले नियात्राकारले पाठकलाई निजानुभूति र आलङ्कारिक सरसताका माध्यमबाट आपूmसँगै यात्रारत गराई नियात्रालाई सुसंवेद्य र पठनीय बनाएको निष्कर्ष प्रस्तुत अध्ययनमा पाइन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Tribhuvan University Teachers' Association (TUTA), Patan Multiple Campus Unit