व्याकरणको व्यावहारिक शिक्षणमा पाठ्यरचनाको प्रयोग
DOI:
https://doi.org/10.3126/pragya.v12i01.61646Keywords:
आगमन विधि, निगमन विधि, सङ्कथनात्मक अभ्यास, विद्यार्थीकेन्द्री शिक्षण, रचनामुखी व्याकरणAbstract
व्याकरण भनेको भाषाको नियम हो । भाषाका वर्ण, रूप, पद, पदावली, वाक्य आदिमा अन्तर्निहित व्यवस्थालाई व्याकरण भनिन्छ । विश्वका विभिन्न देशमा विकसित सबै भाषा व्यवस्थित हुने भएकाले ती भाषामा आफ्ना मौलिक व्याकरण पाइन्छन् । नेपाली भाषाको पनि आफ्नै मौलिक र विशिष्ट व्यवस्था छ । नेपाली भाषाको यो विशिष्ट व्यवस्थाको अध्ययन प्रयोगबाट गरिन्छ । नेपाली भाषाको प्रयोगका विविध क्षेत्र छन् । तीमध्ये पठनपाठनका क्षेत्रमा प्रयोग हुने नेपाली भाषाको व्याकरण शिक्षणलाई रचनामुखी, प्रयोगमुखी र व्यावहारिक कसरी बनाउन सकिन्छ भन्ने विमर्शमा प्रस्तुत लेख केन्द्रित छ । त्रिभुवन विश्वविद्यालयको चारबर्से स्नातक तहमा पढाइ हुने अनिवार्य नेपालीको पाठ्यक्रमले त्यस तहमा निर्धारण गरेको नेपाली साहित्यिक रचनाका माध्यमबाट गरिने व्याकरण शिक्षणको प्रभावकारिताको विश्लेषणका निम्ति कविता, कथा, निबन्ध र नाटकमध्ये कथा र निबन्धलाई प्राथमिक सामग्रीका रूपमा उपयोग गरी विवेच्य लेखको विश्लेषण गरिएको छ । स्नातक तहको उक्त पाठ्यक्रमले भाषिक सिपको अभिवृद्धिका निम्ति व्याकरणको पाठ्यविषय राखेको हो । व्याकरणको सिद्धान्त पढाई नेपाली भाषाको व्यवस्थासँग विद्यार्थीलाई परिचित गराउन खोज्ने परम्परित र निगमनात्मक व्याकरण शिक्षण पद्धतिभन्दा विद्यार्थीले सम्बन्धित तहमै अध्ययन गर्नु पर्ने साहित्यिक रचनालाई व्याकरण शिक्षणका निम्ति सामग्री बनाई अध्यापन गरिने प्रयोगात्मक व्याकरण शिक्षण पद्धति वस्तुगत, व्यावहारिक र प्रभावकारी हुन्छ भन्ने निष्कर्ष प्रस्तुत अध्ययनबाट प्राप्त भएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Tribhuvan University Teachers' Association (TUTA), Patan Multiple Campus Unit