‘छिमेकीको छाता र छाडा छोराहरू’ कथामा वर्गीय सीमान्तीयता
DOI:
https://doi.org/10.3126/pragya.v12i01.61645Keywords:
अन्तद्र्वन्द्व, प्रभुत्वस्वीकरण, अधिनस्थ, प्रभुत्वशालीAbstract
प्रस्तुत अनुसन्धानात्मक लेख महेशविक्रम शाहद्वारा लेखिएको काठमाडौँमा कामरेड (२०६८) कथासङ्ग्रहमा सङ्ग्रहीत ‘छिमेकीको छाता र छाडा छोराहरू’ कथालाई वर्गीय सीमान्तीयताको कोणबाट विश्लेषण गरिएको छ । सबाल्र्टन समालोचना सिद्धान्तले समाजमा दबिएका वा दबाइएका क्षेत्र, जाति, वर्ग, लिङ्ग, आदि व्यक्ती वा समुदायको अध्ययन गर्दछ । सबाल्टर्न शब्दको अर्थविस्तारका क्रममा सबाल्टर्नले सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, लैङ्गिक, पेसाजस्ता हरेक हिसाबले तल परेका र पारिएका वर्ग वा समूहको अध्ययन गर्दछ । यसरी प्रस्तुत कथामा रहेका म पात्र, सात भाइ छोरहरू, छिमेकी, उँचो जमिन, समथल जमिन, बाह्रैकाल बग्ने पानीको मुहान आदि सन्दर्भकै सेरोफेरोमा लेख अगाडि बढेको छ । कथामा सामन्ती र विस्तारवादी बिचारले निर्देशित म पात्रको छिमेकी जल, थल, अन्नपात, बिज्ञान प्रविधि, धनदौलत आदिले सम्पन्नशाली भएपनि ऊ म पात्रको एक रोपनी समथल भूमि र बाह्रैकाल बग्ने पानीको श्रोतमाथि आँखा गाडि बेलाकुबेलामा बखेडा निकालेर म पात्रलाई पिरोल्छ । एक दिन छिमेकीले म पात्रलाई जग्गा उल्टोपाल्टो देखिएकाले नयाँ नापी गर्नुपर्ला जस्तो छ, भोलि नक्सा र लालपुर्जा ल्याई उसको घरमा आउन निर्देश गर्दा म पात्रलाई चिन्ता प्रारम्भ भएको छ । छिमेकीले म पात्रप्रति गरेको कुचेष्टा र आफूमा उत्पन्न भएको चिन्ताका सम्वन्धमा छिमेकीको हुण्डी खाएर ढाडिएका आफ्ना सात भाइ छोराहरूसँग एक–एक गरी राय माग्छ । तर उनीहरूले पानीको श्रोत र समथल जमिन छिमेकीलाई जिम्मा दिँदा ठिक हुँने बिचार राखेका छन्। यसरी सात भाइ छोराहरूले छिमेकीको प्रभुत्वस्वीकरण गरि उसकै पक्षमा वकालत गरि म पात्रलाई किनारीकृत गरेको देखिएकाले विवेच्य कथा वर्गीय सीमान्तकृत कथा हो भन्ने प्रष्ट देखिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Tribhuvan University Teachers' Association (TUTA), Patan Multiple Campus Unit