एउटा सल्लाह कवितामा पौरस्त्य दर्शन {Paurastya philosophy in an advice poem}
DOI:
https://doi.org/10.3126/pprmj.v3i1.61666Keywords:
सांसारिक, पौरस्त्य दर्शन, वितृष्णा, मोक्ष, वासना, दार्शनिकAbstract
प्रस्तुत लेखमा शिवगोपाल रिसालद्वारा रचिएको एउटा सल्लाह कवितालाई पौरस्त्य दर्शनका कोणबाट विश्लेषण गरिएको छ । आध्यात्मिक विषयलाई सांसरिक जीवनसँग तादात्म्य गराएर यसलाई अपरिहार्य ठानी अगाडि बढाउने कवि रिसालको उक्त कवितामा पौरस्त्य दर्शनको प्रस्तुति भएको छ । यस कवितामा मूलतः मनलाई अध्यात्ममा वा ईश्वरमा लगाउँर मोक्ष प्राप्त गर्नुपर्ने चिन्तनलाई प्रस्तुत गरिएको छ । ईश्वरको अस्तित्वलाई स्वीकार्ने आस्तिक वेदान्त दर्शनको मूल मर्म यस कवितामा आएको छ । मनको शुद्धता, ईश्वरको चिन्तन, जीवनको क्षणिकता, भौतिक वस्तुप्रति वितृष्णा, मनको चिन्तनजस्ता विषयमा केन्द्रित रहे पनि कवितामा मूलतः आत्मज्ञानको अर्थात् मोक्ष प्राप्तिको ध्येय राखिएको छ । हरेक मानिसलाई सांसरिक विषय वासनाले मोक्ष प्राप्तिमा वाधा गरिरहेको हुन्छ । त्यो वासनालाई हटाएर आÇनो स्वरूप आत्मा प्राप्ति गर्नु नै प्रस्तुत कविताको दार्शनिक चिन्तन रहेको निष्कर्ष निकालिएको छ ।