खलंगामा हमला आत्मकथामा अभिघात
DOI:
https://doi.org/10.3126/pp.v12i1.69986Keywords:
दुःसह्य, नाइटभिजन, महाविनाश, विक्षिप्तता, सशस्त्र सङ्घर्षAbstract
प्रस्तुत अनुसन्धानमूलक लेख खलंगामा हमला आत्मकथाको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत आत्मकथाका लेखक राधा पौडेल हुन् । यस कृतिमा सीमान्तीय अवस्था भोग्न विवश जुम्लाको जनजीवन र सशस्त्र सङ्घर्षको आक्रमणमा क्षतिग्रस्त भएको खलंगाको अवस्थालाई सूक्ष्म रूपमा प्रकाश पारिएको छ ।जुम्लीहरूको अशिक्षा, गरिबी र प्रतिकूल जीवनको चित्रणका साथमा युद्धका कारण शारीरिक तथा मानसिक रूपमा भयभीत बनेका मानिसहरूको मनोदशा र पीडाको मार्मिक चित्रण गरिएको पाइन्छ । युद्धजन्य प्रहार तथा भोक, रोग र गरिबीको मारमा परेका मानिसहरूले अभिघातपूणर् जीवन भोगेको कुरालाई महत्त्वका साथ प्रकाश पार्ने काम गरिएको पाइन्छ । प्रस्तुत लेखमा पाश्चात्य साहित्य समालोचनामा उत्तरआधुनिक कालखण्डमा विकास भएको अभिघात सिद्धान्तका आधारमा राधा पौडेलको खलंगामा हमला कृतिलाई विश्लेषण गर्ने काम गरिएको छ । अभिघातको आधारभूत मान्यतालाई सैद्धान्तिक पर्याधारका रूपमा उठान गरी त्यसैका आधारमा शोध्य कृतिको विश्लेषण गरिएको छ । यस क्रममा खलंगामा हमला कृतिमा अभिघातको प्रयोग कसरी भएको छ ? भन्ने मुख्य समस्यामूलक प्रश्नमा केन्द्रित रही प्रस्तुत आत्मकथालाई अभिघातको सैद्धान्तिक पर्याधारका पृष्ठभूमिमा विश्लेषण गरी कृतिको मूल्यनिरूपण गरिएको छ । प्रस्तुत लेखमा आवश्यक सामग्री प्राथमिक र द्वितीयक स्रोतबाट लिइएको छ । वणर्नात्मक तथा विवरणात्मक विधिद्वारा सामग्रीको विश्लेषण गरिएको छ । प्रथम र द्वितीयक स्रोतका सामग्रीको उपयोग तथा अभिघातसम्बन्धी अवधारणालाई सैद्धान्तिक पर्याधारका रूपमा अवलम्बन गरी कृतिमा निहित अभिघातलाई खोजी गरी निष्कर्ष निकाल्ने काम यस लेखमा गरिएको छ ।