दाम्पत्य सम्बन्धका प्रक्रिया : ऐतिहासिक आधार र प्रेम
DOI:
https://doi.org/10.3126/phe.v14i1.76640Keywords:
अश्मारोहण, दाम्पत्य सम्वन्ध, प्रणय, विवाह संस्कार, सप्तपदी, स्वंयवरAbstract
प्रस्तुत लेख दाम्पत्य सम्बन्धका प्रक्रियामा आधारित छ र यस सम्बन्धमा त्यसका ऐतिहासिक आधार तथा प्रेमका बारेमा विवेचना गरिएको छ । मानिसको जैविक उत्पादन र सामाजिक अस्तित्व दाम्पत्य सम्बन्ध तथा वैवाहिक प्रक्रियाले मात्र कायम गर्दछ । खास खालका विधि तथा पद्धति पूरा गरेपछि मात्र वैवाहिक प्रक्रिया पूरा भएको मानिन्छ । यसै सन्दर्भमा मानवसभ्यताको आरम्भदेखि नै मानिसले वैवाहिक प्रक्रियाका लागि केके संस्कारजन्य प्रक्रिया निर्माण गरेको थियो, प्रेमप्रणय भाव कस्तो रहेको थियो, भन्ने प्रश्नको उत्तर खोज्ने हेतुले यो अनुसन्धानको अवधारणा अगाडि बढाइएको छ । यसका लागि ऐतिहासिक अन्तर्वस्तु विश्लेषणविधिका माध्यमबाट गुणात्मक स्वरूपका तथ्यहरूको सङ्कलन तथा विश्लेषण गरिएको छ । तथ्यहरूको गहन विश्लेषण पछि दाम्पत्य सम्बन्ध स्थापनार्थ स्वयंवर, सप्तपदी, अग्नि परिणयन, पाणी ग्रहण, अश्मारोहण, गृह प्रवेश लगायतका विविध संस्कारजन्य विधिहरू वेदकालीन समय देखि नै निर्माण र अभ्यास हुँदै आएको पाइयो । तथ्यगत प्राप्तिहरूले जैविकीय समाजशास्त्रीय दृष्टिकोण र संरचनात्मक प्रकार्यवादी दृष्टिसँग सादृश्यता राखेको देखिन्छ ।