देवकुमारी थापाका कथाहरु सङ्ग्रहका कथामा मनोबिज्ञान
DOI:
https://doi.org/10.3126/phe.v14i1.76637Keywords:
मनोलैङगिक विकास, अचेतन, अवचेतन, नारीमनोविज्ञान, पुरुषमनोविज्ञान, बालमनोविज्ञानAbstract
देवकुमारी थापाका कथाहरू सङ्ग्रहका कथामा मनोविज्ञान शीर्षकको प्रस्तुत आलेख गुणात्मक पद्घतिमा आधारित भएकाले पुस्तकालय कार्यबाट सामग्रीसङ्कलन गरी तयार गरिएको छ र यसका लागि मूलतः अल्फ्रेड एडलरद्वारा प्रतिपादित व्यावहारिक मनोविज्ञान र कार्ल गुस्ताभ युङका व्यक्तित्वका प्रकारजस्ता मान्यताका आधारमा नारीमनोविज्ञान, पुरुषमनोविज्ञान तथा बालमनोविज्ञानलाई र र अंशतः सिग्मन्ड फ्रायडको यौनमनोविज्ञानलाई अवधारणा बनाएर ‘देवकुमारी थापाका कथाहरू’ कथासङ्ग्रहका कथामा अभिव्यञ्जित मनोविश्लेषणका उपर्युक्त अवधारणाहरूका केन्द्रीयतामा चयनित एघारओटा कथाहरूको पाठविश्लेषण गरिएको छ । देवकुमारी थापाका कथाहरू कथासङ्ग्रहका कथाहरूमा अभिव्यक्त मनोविज्ञानका विशिष्ट पक्षको खोजी गर्नु यस अध्ययनको उद्देश्य हो । यसक्रममा वर्णनात्मक र पाठविश्लेषण विधिको प्रयोग गरी उनका कथामा विषयवस्तुको सूक्ष्मता भएकाले मानवीय संवेदना र मनोविज्ञान नै प्रमुख बनेर आएको हुँदा नारीमनोविज्ञानको विशिष्ट चित्रण भएको, पुरुषपात्रका आचरण, व्यवहार र तिनका अभिव्यक्तिहरूबाट नै तिनका मनको अवस्था र मनोगत पक्षहरू अभिव्यक्त भएको र घरका अभिभावक र आफूभन्दा ठूलामान्छेले गर्ने व्यवहार एवं उनीहरूका गतिविधिहरूले बालमनोविज्ञानका विविध पक्षमा प्रभाव पार्नेभएकाले प्रत्येक अभिभावकले बालबालिकाको मनोविज्ञान बुझ्नुपर्ने र उनीहरूको संवेदना र प्रतिभाको पहिचान गरी तदनुरूपको वातावरण मिलाइदिनुपर्ने निष्कर्ष निकालिएको छ । यसरी मनोविज्ञानका कोणबाट ‘देवकुमारी थापाका कथा’ भित्रका कथाहरू प्रभावपूर्ण रहेको समग्र निचोड पनि यस अध्ययनबाट प्राप्त हुन्छ ।