पाठको संयुक्तिगत अर्थ विश्लेषणको सैद्धान्तिक स्वरूप {A theoretical framework for conjunctive meaning analysis of text}
DOI:
https://doi.org/10.3126/pdmdj.v6i1.67772Keywords:
आनुभवीकरण, माध्यम, भाषिक पाठको संयुक्ति व्यवस्था, पारस्परिक आर्थीAbstract
प्रस्तुत लेख भाषिक पाठको संयुक्ति व्यवस्था तथा पाठले ग्रहण गरेको विधा स्वरूप पहिचानको अधारमा केन्द्रित छ । भाषिक पाठ समाज सन्दर्भको आर्थी प्रतिबिम्बन हो । त्यसैले पाठमा आर्थको समन्वय हुनु अनिवार्य पक्ष हो । प्रस्तुत लेखको शीर्षक सोद्देश्य रूपले तयार गरिएको हो । लेख तयारीका क्रममा पुस्तकालय कार्य सामाग्रीको स्रोत हो । पाठभाषाविज्ञानमा भएका सैद्धान्तिक सामग्री यस लेखका प्राथमिक सामग्री हुन् । पाठको संरचना तथा त्यसका आन्तरिक व्यवस्थामा केन्द्रित भएर गरिएका अध्ययन यस लेखका निम्ति द्वितीयक सामाग्री हुन् । गुणात्मक अध्ययन पद्धतिमा आधारित भई प्रस्तुत लेख तयार गरिएको छ । कुनै पनि भाषिक पाठ सांस्कृतिक सन्दर्भको प्रतिबिम्बन हो । यस्तो प्रतिबिम्बन तयार गर्दा सङ्केतको सघनता अर्थात् ती सङ्केतले सन्दर्भित गरेको स्थितिगत मानको एकरूपतामा केन्द्रित हुनु पर्छ । त्यसैगरी सङ्केतको सघनताले प्रस्तुत गरेका समाज सन्दर्भका सूचक (क्षेत्र, सहभागी र माध्यम) का पारस्परिक आर्थी सहगुणको मेल हुनु पर्छ । कुनै पाठले विधा स्वरूप ग्रहण गर्न क्षेत्र, सहभागी र माध्यमका बिचको श्रेणीमानले एकाइगत वा समष्टिगत रूपमा भूमिका खेलेको हुन्छ । साहित्यका स्थापित विधा पनि समाज सन्दर्भका यिनै सूचकको सघन र पारस्परिकतामा आधारित हुन्छ ।