नेपालमा दर्शनशास्त्र–पठनपाठन परम्पराको समीक्षा
DOI:
https://doi.org/10.3126/nutaj.v11i1-2.77032Keywords:
दर्शनशास्त्र, नेपाल, पठनपाठन, पाश्चात्य, पूर्वीयAbstract
उच्च शिक्षामा पूरक विषयका रूपमा दर्शनशास्त्रको पठनपाठनको लामै परम्परा भए पनि मूल विषय नै दर्शनशास्त्र लिएर पढ्ने विद्यार्थीको सङ्ख्या भने थोरै रहेको छ । यस सन्र्दभमा नेपालका विश्वविद्यालयमा दर्शनशास्त्रको पठनपाठनको अवस्था कस्तो छ ? किन दर्शनशास्त्रलाई थोरै विद्यार्थीले मात्र उच्च शिक्षामा मूल विषयका रूपमा अध्ययन गर्ने गरेका छन् ? दर्शनशास्त्रको रूपमा उच्च शिक्षामा पठनपाठनका लागि के–कस्ता विषयहरू समेटिएका छन् ? भन्ने विषयमाथि प्रकाश पार्नु नै यस लेखको प्रमुख उद्देश्य रहेको छ । यस लेखलाई गुणात्मक अनुसन्धान विधिको प्रयोग गरी सम्पन्न गरिएको छ । गुणात्मक विधिभित्रको व्याख्यात्मक विधिको आधारमा प्रस्तुत लेख तयार पारिएको छ । प्राथमिक र द्वितीयक दुवै स्रोतको प्रयोग गरेर तथ्याङ्क सामग्री सङ्कलन गरिएको छ । प्राथमिक तथ्याङ्कको सङ्कलनको लागि व्यक्तिगत अन्तर्वार्ताको प्रयोग गरिएको छ भने द्वितीयक तथ्याङ्कको सङ्कलनको लागि पुस्तकालय कार्यको समेत प्रयोग गरिएको छ । पुस्तक, पत्रपत्रिका, शोधपत्रिका आदिलाई द्वितीय स्रोतका रूपमा लिइएको छ । दर्शनशास्त्रलाई समाजले सतही रूपमा बुझ्ने गरेका कारण विश्वविद्यालयमा दर्शनशास्त्र पढ्ने विद्यार्थीको सङ्ख्या कम भएको र दर्शनशास्त्रको पठनपाठन सरल र सहज ढङ्गले अघि बढ्न नसकेका कारण दर्शनशास्त्रको पठनपाठन प्रभावकारी बन्न सकेको अवस्था देखिँदैन ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Copyright by NUTA JOURNAL
All Rights Reserved. No part of this Journal may be reproduced in any form or by any electronic or mechanical means, including information storage and retrieval system without prior permission in writing from the publisher, except by a reviewer who may quote brief extracts while reviewing.