एकाङ्की र नाटक शिक्षणका विधि तथा प्रक्रिया
DOI:
https://doi.org/10.3126/nutaj.v11i1-2.77031Keywords:
अभिनयमूलक, दृश्य काव्य, मनोरञ्जनात्मक विधा, रङ्गमञ्चीय कला, संवादात्मक संरचना ।Abstract
एकाङ्की र नाटक पात्रका माध्यमबाट अभिनय गरिने संवादात्मक विधा हो । यी साहित्यका श्रव्य तथा दृश्य भेदमध्ये दृश्यकाव्यअन्तर्गत पर्दछन् । नाटकमा घटना, परिवेश र पात्रको गतिविधिअनुसार अङ्क र दृश्यहरूको व्यवस्थापन गरी अभिनय, गायन तथा नृत्यलाई जोडेर प्रस्तुत गरिएको हुन्छ । प्रदर्शनमैत्री, अभिनयमैत्री तथा दृश्यात्मक विधा यसका विशेषता हुन् । एकाङ्की एउटै उद्देश्य, एउटै घटना तथा विषयगत एकोन्मुखता भएको विधा हो । प्रस्तुत लेखको उद्देश्य एकाङ्की र नाटक शिक्षणका विधि र प्रक्रियाको पहिचान गरी विश्लेषण गर्नु रहेको छ । गुणात्मक अनुसन्धानमा आधारित यस लेखमा उद्देश्यपूर्ण नमुना छनोटका आधारमा रुपन्देही जिल्लामा रहेका पाँचओटा क्याम्पसमा नेपाली विषय अध्यापन गर्ने दुई दुई जनाका दरले दशजना शिक्षकलाई सहभागी गराइएको छ । यसक्रममा शिक्षकसँग भेटघाट तथा अन्तरवार्ताद्वारा तथ्य सङ्कलन गरिएका छन् । द्वितीयक स्रोतका रूपमा पुस्तकालयीय कार्यबाट पनि सामग्री सङ्कलन गरी प्राप्त तथ्यहरूलाई गुणात्मक अनुसन्धानको ढाँचाअनुसार एकाङ्की र नाटक शिक्षणका विधि र प्रक्रियाप्रति शिक्षकका अनुभवको विश्लेषण गरिएको छ । शिक्षकका अनुसार एकाङ्की र नाटक शिक्षणलाई भाषाशिक्षण सिकाइसँग जोड्नुपर्दछ । आदर्श नाट्य विधिबाट पात्रअनुसारका संवाद, ध्वनि परिवर्तन र शरीर सञ्चालन वा हाउभाउद्वारा वाचन गर्न सकिन्छ । व्याख्या विधिमा एकाङ्की र नाटकका तŒवगत आधारमा विवेच्य पक्षमाथि गुणदोषको निरूपण गर्न सकिन्छ । रङ्गमञ्च अभिनय विधि रङ्गमञ्चमा मञ्चन वा प्रदर्शन गर्न लगाउने विधि भएकाले यसमा पात्र अनुकूल नाटकीकरणसमेत गर्न लगाउन सकिन्छ । समीक्षा विधिमा तŒवगत आधारमा प्रश्नोत्तर तथा छलफल गर्दै समीक्षा गर्न सकिन्छ । संयुक्त विधिअनुसार विद्यार्थीलाई पात्र अनुकूल वाचनको अभ्यास गराउन सकिन्छ । यसरी प्रस्तुत अध्ययनमा कक्षाको परिस्थिति, एकाङ्की र नाटकको गहनता तथा विद्यार्थीका कक्षागत स्तरलाई दृष्टिगत गरी एक वा बढी शिक्षण विधि अँगाल्न सकिने निचोड निकालिएको छ । यस अध्ययनबाट यस क्षेत्रमा रही अन्वेषण गर्न चाहने विद्यार्थी, शिक्षक तथा अनुसन्धानकर्तालगायतलाई सैद्धान्तिक अवधारणा ग्रहण गर्न र त्यसको उपयोग गरी विश्लेषण गर्न मदत पुग्ने अपेक्षा गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Copyright by NUTA JOURNAL
All Rights Reserved. No part of this Journal may be reproduced in any form or by any electronic or mechanical means, including information storage and retrieval system without prior permission in writing from the publisher, except by a reviewer who may quote brief extracts while reviewing.