‘पहाडी जीवन’ निबन्धको विश्लेषणात्मक अध्ययन
DOI:
https://doi.org/10.3126/nutaj.v11i1-2.77030Keywords:
आत्मप्रकाशन, गोसाईथान, घर्घराहट, छिटको सारी, मोन्तेन, , टेबिल–गफ, , स्वच्छन्दतावादAbstract
प्रस्तुत लेख उद्देश्यमूलक गुणात्मक ढाँचामा तयार गरिएको छ । ‘पहाडी जीवन’ स्वच्छन्दतावादी प्रवृत्तिमा लेखिएको छ । यसमा पहाडमा बस्ने शेर्पा, भोटे र तामाङ तथा मध्यपहाडमा बस्ने ब्राह्मण जातिका भेषभूषा, संस्कृति र कृषि पेसाको वर्णन गरिएको छ । उच्च पहाडमा ऋतु परिवर्तनसँगै हिउँ र तुषारो पर्ने हुँदा मनुष्य चरोझैं कहिले लेक–बेसी गर्छन् । पहाड भन्नु नै कठिनाइको प्रतीक जहाँ सिस्नु र मकैबाहेक अन्य उत्पादन हुँदैन भने समाजको नाममा चारजना जुट्न पनि कठिन छ । पोषणतत्त्वको अभावमा केटाकेटी दुब्ला, मरञ्च्याँसे र नाङ्गो शरीर लिएर बाँच्नु परेको छ । खाद्यान्नमा सिस्नु र ढिँडोेको भरमा जीवन गुजार्ने गर्दछन्् । पुरुषभन्दा स्त्रीहरू राम्रा, हँसिलो चेहराका, घिउ–घिउ गन्हाउने, भोटे गीत र मुरलीको तालमा कोरस नृत्यमा रमाउने मङ्गोलहरू झिल्टुङका आर्यहरूभन्दा गरिब छन् । आर्यहरूका एकतले ढुङ्गाका घरहरू र खरका छाना, झ्याल, ढोकामा बुट्टा काट्ने र रातो माटोले पोतिएका छन् । भिराला खेतबारीमा केरा, सुन्तला, भोगटे र लिचीका बोटहरू र गोठमा गाई, भैँसी, गोरु तथा कतै भेडा र बाख्रीहरू पाल्ने र आठ दश वर्षका केटाकेटी पढ्नभन्दा गोठालो जाने गर्छन् । पुरुषहरू कोराका भोटा, धोती, पटुका बाँध्ने र सेतो टोपी लगाउँछन् भने स्वास्नी मानिस छिटका रातो साडी, एकआँठे कपाल बाट्ने, काम गर्दा घुडासम्म फरिया उचालिने गरी पटुका बाँध्ने, डोका बोकेर घाँस काट्ने र वस्तुभाउ पाल्ने गरेका छन् । निबन्धले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका सबै पहाडी नेपालीहरूका दिनचर्यालाई प्रतिनिधित्व गरेको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Copyright by NUTA JOURNAL
All Rights Reserved. No part of this Journal may be reproduced in any form or by any electronic or mechanical means, including information storage and retrieval system without prior permission in writing from the publisher, except by a reviewer who may quote brief extracts while reviewing.