सामाजिक यथार्थवादी आलोकमा ‘साल्गीको बलात्कृत आँसु’ कथाको अध्ययन
DOI:
https://doi.org/10.3126/nutaj.v11i1-2.77029Keywords:
पराधीन, पेवापात, आर्थिक पछौटेपन, पण्यीकरण, दलालAbstract
प्रस्तुत लेखमा ‘साल्गीको बलात्कृत आँसु’ कथाको सामाजिक यथार्थवादी दृष्टिकोणबाट प्राज्ञिक अनुसन्धान गरिएको छ । यस कथामा पहाडी ग्रामीण भेगमा जन्मिएकी निम्नवर्गीय र अपठित जनजातीय पात्र साल्गीको कष्टकर जीवनको यथार्थ प्रस्तुत गरिएको छ । विश्लेष्य कथामा आर्थिक पछौटेपनले सिर्जना गरेको बेरोजगारी र धनी वर्गको वेश्यालयमा पु¥याइएकी साल्गी त्यहाँ आउने पुरुष ग्राहकहरूबाट बलात्कृत हुन पुगेकी उसको सामाजिक जीवनभोगाइको यथार्थ तस्बिरलाई प्रस्ट देखाइएको छ । पूर्वाध्ययनबाट प्रस्तुत शीर्षकको अध्ययन नभएको अन्तराल पत्ता लगाई वैज्ञानिक दृष्टिकोणबाट अध्ययन गरिएको हो । कथ्यवस्तुमा मुख्य पात्र साल्गीको सामाजिक जीवनावस्था एवम् भोगाइहरूको सामाजिक यथार्थवादी कोणबाट विश्लेषण नै प्रस्तुत लेखको प्राज्ञिक समस्या हो । उक्त समस्याको समाधानको लागि पाश्चात्य दर्शनका क्षेत्रमा प्रचलित सामाजिक यथार्थवादलाई आधार बनाई विश्लेषण गरी ठोस निष्कर्ष निकाल्नु नै यस लेखको मुख्य उद्देश्य रहेको छ । प्रस्तुत अनुसन्धान साहित्यसँग अन्तरसम्बन्धित रहेकोले यो गुणात्मक शोध हो । यसको अध्ययनको लागि पुस्तकालयीय कार्यबाट सामग्रीको सङ्कलन गरिएको छ । यस अनुसन्धानमा प्रगतिवादी कथाकार पारिजात ( वि.सं.१९९०—२०५०) द्वारा लिखित ‘साल्गीको बलात्कृत आँसु’ कथालाई प्राथमिक सामग्रीको रूपमा उपयोग गरिएको छ । त्यसैगरी ‘साल्गीको बलात्कृत आँसु’ कथासँग सम्बन्धित पूर्व प्रकाशित तथा अप्रकाशित समीक्षा, समालोचना, अनुसन्धान, गोष्ठीपत्र एवम् सामाजिक यथार्थवादबारे प्रकाशित सैद्धान्तिक सामग्रीलाई द्वितीयक सामग्रीको रूपमा प्रयोग गरिएको छ । यस अनुसन्धानमा साल्गीमाथि भएको सामाजिक अन्याय, अत्याचार, शोषण, दमन र उत्पीडनजस्ता खराब एवम् अमानवीय व्यवहारहरूको तटस्थ अध्ययन गरी निष्कर्ष निकालिएको छ । यस कथामा अभिजात वर्गले निम्न वर्गको पात्रमाथि अन्याय, अत्याचार, दमन र उत्पीडन गरेको पुष्टि भएको छ । आर्थिक असमानताले समाजमा वर्ग विभेदको अवस्था सिर्जना गरेको छ । प्रस्तुत कथामा निम्न वर्गीय पात्र साल्गी शोषित, पीडित र बलात्कृत हुनुमा आर्थिक असमानता नै प्रमुख कारक तत्त्व रहेको उजागर भएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Copyright by NUTA JOURNAL
All Rights Reserved. No part of this Journal may be reproduced in any form or by any electronic or mechanical means, including information storage and retrieval system without prior permission in writing from the publisher, except by a reviewer who may quote brief extracts while reviewing.