पाणिनीयव्याकरणका अनुदात्त धातुहरूको अध्ययन {A Study of the Anudatta Dhatas of the Paninya Grammar}

Authors

  • प्रकाश तिवारी व्याकरण शिक्षण विभाग, वाल्मीकि विद्यापीठ, नेपाल संस्कृत विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/nutaj.v8i1-2.44118

Keywords:

अनुदात्त, अनुदात्तधातु, अनुप्रदान, उदात्त, स्वरित

Abstract

अन्य वर्णको सहयोगविना पूर्ण उच्चरित हुने वर्णलाई स्वरवर्ण भनिन्छ । स्वरवर्णलाई स्वर, काल, स्थान, प्रयत्न र अनुप्रदान यी पाँच प्रकारमा विभाजन गरी अध्ययन गर्न सकिन्छ । स्वरका आधारमा उदात्तस्वर, अनुदात्तस्वर र स्वरितस्वर गरी तीन भागमा विभाजन गरिएको छ । पाणिनीय अष्टाध्यायी परम्पराका भाष्यग्रन्थहरूमा अनुदात्त धातुलाई सजिलोसँग पहिचान होस् भन्ने हेतुले गणना गरिएको पाइन्छ । ती धातु कुन–कुन हुन् ? किन गणना गरिएका हुन् ? गणना गर्नुको प्रयोजन के हो ? भन्ने जस्ता जिज्ञासाहरूलाई समाधान गर्न र जिज्ञासु पाठक एवं अध्ययनरत विद्यार्थीहरूलाई व्याकरणको यो जटिल विषय सहजरूपमा बोधगम्य होस् भन्नका लागि यो लेख तयार पारिएको हो । धातुमा पढिएका अच्, अनुनासिक र अननुनासिकका भेदले दुई प्रकारका हुन्छन् । त्यसमा पनि उदात्त, अनुदात्त र स्वरितका भेदले छ प्रकारका हुने भए । अतः उदात्त धातु, अनुदात्त धातु र स्वरित धातुलाई छुट्याउन जटिल हुन्छ । स्वरवर्ण उच्चारणको आधारले मात्र उदात्त धातु र अनुदात्त धातु छुट्याउन सकिन्छ ।  स्वरपहिचान वैदिक प्रक्रिया भएको हुँदा उदात्त र अनुदात्त धातु छुट्याउन सजिलो आधार छैन । अतः पाणिनीय परम्परामा उदात्त र अनुदात्त धातु छुट्याउन धातुपाठमा अनुदात्त धातुको परिगणना गरेका छन् । ती अनुदात्त धातुहरूलाई उदाहरणसहित देखाइएको छ । प्रस्तुत लेखमा स्वरको परिचय, अजन्त एकाच उदात्त र हलन्त अनुदात्त धातुहरूको गणना, धातुको अर्थ, प्रयोगको उदाहरण र प्रकरणगत धातुको स्रोतलाई व्याख्यान र तालिकाका माध्यमबाट प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
86
PDF
96

Downloads

Published

2021-12-31

How to Cite

तिवारी प. (2021). पाणिनीयव्याकरणका अनुदात्त धातुहरूको अध्ययन {A Study of the Anudatta Dhatas of the Paninya Grammar}. NUTA Journal, 8(1-2), 157–172. https://doi.org/10.3126/nutaj.v8i1-2.44118

Issue

Section

Articles