पशुपति क्षेत्रका गुफाहरूको सांस्कृतिक अध्ययन {Cultural Study of the Caves of Pashupati Kshetra}

Authors

  • निर्मला Nirmala पोखरेल Pokharel Central Department of Nepalese History, Culture and Archaeology, TU, Nepal

DOI:

https://doi.org/10.3126/nc.v15i1.48547

Keywords:

तिलोपा, नारोपा, वासुकी, भागलभुगल गुफाहरू, अजन्ताका गुफाहरू, बौद्ध साधक, गुफाहरू, उपत्यकाका गुफाहरू

Abstract

नेपाल पवित्र गुफाहरूको देश भनेर चिनिन्छ । यहाँ हजारौंका संख्यामा साना– ठूला गुफाहरू देशैभरी छरिएर रहेका छन् । यी गुफाहरू विभिन्न कलाकृतिहरूले भरिभराउ हुनका साथै साधकहरूको साधनास्थल पनि हुन् । भारतका कतिपय प्राचीन गुफाहरू कलाकृति र साधनास्थलका दृष्टिले संसार प्रसिद्ध छन् । त्यहाँका गुफाका भित्तेचित्रहरू, मूर्तिहरूका माध्यमद्वारा प्रकट गरिएको प्रेम, लज्जा, हर्ष, उल्लास, शोक, उत्साह, घृणा, क्रोध, भय, आश्चर्य, चिन्ता, विरह, विरक्ति, शान्ति आदिको अभिव्यक्ति प्रकट गरिएका मूर्तिहरू उत्कृष्ट मानिन्छन् । काठमाडौँ उपत्यकामा मात्रै पनि सयौंका संख्यामा गुफाहरू यत्रतत्र छरिएर रहेका छन् । चोभार गल्छीक्षेत्र, पशुपतिनाथको वागमतीतटक्षेत्रका गुफाहरू, स्वयम्भूको शान्तिपूरगुफा, नागार्जुन पर्वत क्षेत्रका गुफाहरू, भक्तपुरको हयगृवगुफा, फर्पिङको शिखरनारायण र गोरखनाथ गुफा, साँखु वज्रयोगिनी र शिवपुरीआदि क्षेत्रका गुफाहरू उपत्यकामा प्रसिद्ध छन् । यी वाहेक उपत्यकाका अन्य क्षेत्रहरूमा पनि गुफाहरू यत्रतत्र छरिएर रहेका छन्, जसको अझै अनुसन्धान हुन जरुरी छ । यी मध्ये दर्जनौंको संख्यामा रहेका पशुपतिक्षेत्रका गुफाहरूको महत्व हिन्दू, बौद्ध लगायत सबै धर्म र सम्प्रदायका धर्मावलम्वीहरू, स्वदेशी र विदेशी सबैका लागि उत्तिकै रहेको पाइन्छ । यहाँका गुफाहरूमा प्रसिद्ध बौद्ध साधकहरूले पनि साधना गर्ने गरेका छन् । शिवजीको कृडाभूमि यो क्षेत्रमा शक्ति सहित भएर उनी रहन लागेपछि अरु देवीदेवताहरू पनि उनकै सामिप्यमा यहीं रहन लागे । यिनै कारणले सबै प्रकारका साधकहरूका लागि यो क्षेत्र आकर्षणको केन्द्र वन्यो । विशेषगरी ध्यान, योग र साधनाकालागि यहाँका गुफाहरूको प्रयोग हुँदै आएका छन् । पाण्डवहरूले समेत गुप्तवासको अवसरमा यस क्षेत्रका मृगस्थली, ध्रुवस्थली आदि स्थानका गुफाहरूमा केही समय ब्यतीत गरी तपश गरेको जनविश्वास रहँदै आएको छ ।

अधिकांश गुफाहरू अँध्यारा र एकान्तस्थलमा हुनेहुँदा त्यहाँ विविध प्रकृतिका व्यभिचारहरू हुने, दुर्व्यसनीहरूले अखडा जमाउने, अपराधीहरूले आश्रयस्थल बनाउने जस्ता कृयाकलापहरू पनि हुने गर्दछन् । पशुपतिक्षेत्रका गुफाहरूमा पनि यस प्रकृतिका घटनाहरू वारम्वार घट्ने गरेकाे इतिहास छ ।  तर पनि यस्ता गुफाहरू संस्कृति र सांस्कृतिक गतिविधिसँग धेरै निकट हुने गरेकाले तिनकाे सांस्कृतिक अध्ययन गरिएकाे हाे ।

Downloads

Download data is not yet available.
Abstract
80
PDF
70

Author Biography

निर्मला Nirmala पोखरेल Pokharel, Central Department of Nepalese History, Culture and Archaeology, TU, Nepal

उपप्राध्यापक

Downloads

Published

2022-10-10

How to Cite

पोखरेल Pokharel न. N. (2022). पशुपति क्षेत्रका गुफाहरूको सांस्कृतिक अध्ययन {Cultural Study of the Caves of Pashupati Kshetra}. Nepalese Culture, 15(1), 87–103. https://doi.org/10.3126/nc.v15i1.48547

Issue

Section

Articles